Fast Nepal News

नेपाली काङ्ग्रेस परित्याग गरि २०७ जना नेकपा प्रवेश

banner single news

मदन तिमल्सेना
नेपाल कम्युनिस्ट पार्टी (नेकपा )पार्टी प्रवेश तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
भानु नगरपालिका वडा नम्बर १ मा २०७ जना एकै चोटि नेपाली काङ्ग्रेस परित्याग गरि नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) प्रवेश गरेका छन् । भानु वडा नम्बर १ भन्सारका पदम थापा (पारस) र विष्णु अधिकारीको नेतृत्वमा पार्टी प्रवेश गरेका थिए । प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ले तनहुँको भानु नगरपालिकालाई अबको स्थानीय चुनाबमा कांग्रेसमुक्त बनाउने बताएका छन् । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले नेपाली कांग्रेसको द्वैध चरित्रका कारण भानुका जनताले दुःख पाएको हुँदा अब कांग्रेसमुक्त नगरपालिका बनाउनु पर्ने बताए । प्रवेश गर्ने पदम थापाले नेपाली काङ्ग्रेसले जनताको भवना कहिले पनि नबुझेको र अाफ्नो स्वार्थ मात्र हेर्ने गरेको र काङ्ग्रेसका नेताहरुले जहिले पनि आफ्नो आफन्तहरुलाई मात्र हेर्ने गरेको छ बताए ।

प्रवेश गर्नेहरुलाई माननीय कृष्ण कुमार श्रेष्ठ (किसान )ले टिका र नेकपा गण्डकी प्रदेश कमिटीका सदस्य शंकरनारयण श्रेष्ठ खादा लगाई नेकपामा स्वागत गरेका थिए । उक्त कार्यक्रममा नेकपा गण्डकी प्रदेश कमिटीका अोमकुमारी पौडेल, गीता शाही, युवा संघका केन्दिय सदस्य सरन सापकोटा जिल्ला सयोजक इश्वर बस्याल , सह-सयोजक भगवान श्रेष्ठ लागएकोका नेताहरुको उपस्थित रहेको थियो ।

Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.