Fast Nepal News

युवा नेता प्रकाश पन्थले अपाङ्गतातर्फ केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने

banner single news

 

काठमाडौँ, २३ मङ्सिर: नेपाली कांग्रेसका युवा नेता प्रकाश पन्थले पार्टीको १४औँ महाधिवेशनमा अपाङ्गतातर्फ केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । उनले लोकतन्त्रवादी, अपाङ्गता अभियन्ता र पार्टीका कार्यकर्ताको हैसियतले महाधिवेशनमा अपाङ्गतातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरे ।

 

पार्टीको ऐतिहासिक महाधिवेशनको सुखद अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै राष्ट्रियसभा सदस्यसमेत रहेका नेता पन्थले अपाङ्गता भएका व्यक्तिको आत्मसम्मानका लागि कार्यकर्ताको सदासर्वदा साथ सहयोग पाउँदै आएको अवगत गराएका छन् ।

 

Inside Article Ads

शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा जस्ता दर्जनांै मुद्दा, सवाल अझै सम्बोधन र सुनिश्चित् हुन नसकेको उल्लेख गर्दै उनले संविधान र मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि जोड दिए । अपाङ्गता भएका व्यक्तिको आफ्नै कठिन भोगाइ र सिकाइलाई कांग्रेस पार्टी र राज्यको नीति निर्माणमा समावेश गर्न, अपाङ्गता भएका व्यक्तिको पहिचान गर्न, उनीहरूको अधिकार सुनिश्चित गर्न र समाजका सबै क्षेत्रको साथ सहयोग जुटाई अपाङ्गता व्यक्तिको अधिकार प्राप्तिका लागि आफनो उम्मेद्वारी भएको उनले स्पष्ट पारे ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.