Fast Nepal News

जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३ औं स्मृति दिवस अाज मनाइदै

‘उहाँले सिद्धान्त र आदर्शको राजनीति गर्ने जुन प्रेरणा दिनुभयो त्यही मार्गमा हिँडेमा सवैको भलो हुन्छ,

banner single news

२ असोज, काठमाडौं ।आज जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३ औं स्मृति दिवस विभिन्कोन कार्यक्रम गरि मनाइएकाे छ । यसैअवसरमा आज विहान ठमेलको चाक्सीबारीस्थित आफ्नै निवासमा आयोजित एक कार्यक्रममा नेता प्रकासमान सिंहले भने, ‘आम नेपाली जनताले यो सरकारको हरेक गतिविधिलाई एकदम सुक्ष्म तवरले विश्लेषण गरिरहेका छन् ।
यो संविधानको भावना र मर्मविपरीत कदम सरकारले उठाउनु हुँदैन भन्ने कुरा सबैको भनाइ रहेको छ ।’गणेशमान सिंहले रैतीको अवस्थामा रहेका नेपालीलाई सार्वभौमसत्ता नागरिकको दर्जा दिलाउनमा ठूलो योगदान गरेको स्मरण गर्दै उनले आजको दिनमा सबै दलका नेता तथा कार्यकर्ताहरु गणेशमान सिंहको आदर्श र प्रेरणाको मार्गमा हिँडेमा मात्र नेपाली जनताको भलो हुने बताए ।

‘उहाँले सिद्धान्त र आदर्शको राजनीति गर्ने जुन प्रेरणा दिनुभयो त्यही मार्गमा हिँडेको खण्डमा मात्रै नेपल र नेपालीको भलो हुन्छ,’ कांग्रेस केन्द्रीय सदस्य सिंहले पिता गणेशमानलाई स्मरण गर्दै भने ।

Inside Article Ads

सरकारले जनतालाई सुशासन दिनुपर्ने बेलामा कोरोनाविरुद्धको औषधि उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोप उनले लगाए ।
सरकारका गलत कामबारे ब्याख्या गर्ने क्रममा वाइडबडी, सेक्युरिटी प्रिन्टिङ प्रेस, ललिता निवास जग्गा प्रकरण, ओम्नी, यती होल्डिङ्सलगायतको प्रसंग उठाउँदै पूर्वउपप्रधानमन्त्री सिंहले भने, ‘थुप्रै करप्सनै करप्सन गर्न दुई तिहाइ मत दिएको त होइन नि । सुशासन होस्, जनताको पीरमर्कामा सरकारले सम्बोधन गरोस् भनेर दिएको हो ।’

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.