Fast Nepal News

नेकपामा विवाद नगर्ने वाचा

banner single news

काठमाडौं — भाद्र ३०, २०७७

नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले सोमबार १९ पृष्ठको अन्तरपार्टी निर्देशन जारी गरेका छन्। उनीहरूले भदौ २६ लाई पुरानो विवादमा नफर्किने निश्चित समय कट अफ डेट निर्धारण गर्ने बताएका छन्। पुनः पुरानै अन्तरविरोधपूर्ण विवाद नगर्ने सुनिश्चित गर्ने प्रतिबद्धता ओली र दाहालले जनाएका छन्।

‘पार्टीभित्र देखा परेको विवाद वा मतभेदका सम्बन्धमा स्थायी कमिटीको पाँचौ बैठक समापनको मिति २०७७ भदौ २६ गतेलाई पुरानो विवादतर्फ नफर्किने निश्चित समय कट अफ डेट निर्धारण गर्ने र पुनः त्यस प्रकारको अन्तरविरोधपूर्ण विवाद नहुने कुरा सुनिश्चित गर्ने’, निर्देशनको पृष्ठ ७ को बुँदा नम्बर ५।६ मा छ।

पार्टी एकतायताका २७ महिनासम्म ‘पुरानो बक्यौता’ विषयमै पार्टी र सरकारले गोलचक्कर लगाइरहँदा दुवै मोर्चा लथालिंग र प्रभावकारी बन्न नसकेको प्रश्न पार्टीभित्रै उठेको थियो। यही अवस्थामा अध्यक्षद्वयले त्यस्तो प्रतिबद्धतासहितको निर्देशन जारी गरेका हुन्। यो सर्कुलर पार्टीका केन्द्रीय सदस्य र जनवर्गीय संगठनका प्रमुखहरूलाई पठाइएको छ।

Inside Article Ads

झन्डै विभाजनको मुखबाट जोगिएर २६ भदौमा स्थायी समिति बैठक बसी पार्टीभित्रको विवाद टुंगो लगाइएको थियो। त्यसपछि सोही दिनलाई पुरानो विवादतर्फ नफर्किने निश्चित समय कट अफ डेट निर्धारण गरी अगाडि बढ्ने नेकपाले जनाएको हो।

‘कटुतापूर्ण अन्तरविरोधको चक्र पार गर्दै स्थायी समिति बैठक सर्वसम्मतका साथ निर्णयमा पुग्न सफल भएको छ। यो बैठक र यसका निर्णय ऐतिहासिक महत्वका छन्। स्थायी समिति बैठकका निर्णयहरूको महत्वलाई उचित ढंगले आत्मसात् गर्ने र सक्रिय एवं सिर्जनशील भएर तिनको कार्यान्वयनमा लाग्ने गुरुत्तर जिम्मेवारीमा सबै जुट्नुपर्छ’, सर्कुलरमा नेता कार्यकर्तालाई निर्देशन दिँदै भनिएको छ, ‘आउनुहोस्, एकता र सक्रियताका साथ निर्णय कार्यान्वयनमा जुटौं। देश र जनताका पक्षमा उपलब्धिहरूका नयाँ कीर्तिमान कायम गर्दै अगाडि बढौं।’

तत्कालीन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा पार्टी एकता भएको थियो। त्यसयता एकता प्रक्रियाका विधि, पद्धति, विधान कार्यान्वयन, सरकारको कामको समीक्षा, एमसीसी सम्झौतालगायत विषयमा नेकपा रुमल्लिएको थियो। यस्तै, उपाध्यक्ष वामदेव गौतमको सांसद बन्ने चाहना, शीर्ष नेताहरूको वरीयता, दुई अध्यक्षको कार्यविभाजन र कार्याधिकार, पोलिटब्युरो गठन, एक व्यक्ति एक मुख्य जिम्मेवारीलगायत विवादमा नेकपाले गोलचक्कर लगाइरहेको थियो। सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीका गरी दर्जनौं बैठकमा यही पुरानै विषयमा छलफल घुमिरहेका समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.