Fast Nepal News

बामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस, आन्तरिक उडान असोज ५ गतेबाट

banner single news

काठमाडौं — भाद्र ३०, २०७७

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभामा रिक्त सदस्य पदमा बामदेव गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सो कुराको जानकारी कृषि तथा सहकारी मन्त्री घनश्याम भुषालले दिनुभयो ।

Inside Article Ads

यस अघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँको नाम सिफारिस गर्ने बारे सचिवालय बैठकलाइ जानकारी गराउनु भएको थियो । साथै नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी पदमा कुलमान घिसिङको नाम सिफारिस हुने समाचारहरू सार्वजनिक भए पनि आज त्यस विषयमा कुनै एजेण्डै नआएको मन्त्री भुषालले जानकारी दिनुभयो । यसैगरी असोज ५ गतेबाट आन्तरिक उडान पनि सञ्चालन गर्ने निर्णय भएको उहाँले जानकारी गराउनुभयो । यो समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.