Fast Nepal News

जोशी र पौडेल पक्षको बिबाद मिलिसक्यो – रेशम गुरुङ

banner single news

काठमाडौं । नेपाली कांग्रेस तनहुँका कोषाध्यक्ष रेशम गुरुङले पार्टीभित्रको बिबादलाई आन्तरिक सहमतिमा मिलाउनुपर्ने बताएका छन् ।
जिल्लामा क्रियाशिल सदस्यता बाँड्न सक्रिय रहेका उनले केन्द्रमा देखिएको बिबादले गाउँ स्तरसम्म नराम्रो सन्देश गएको बताए । ‘हामी गाउँमा खटेर लागेका छौं, दिनरात पार्टीबाहेक अरु केही भन्दैनौं तर पनि बेलामौका आलोचना सहनुपरेको छ’ उनले भने ‘ अहिले गाउँमा यो पक्ष र त्यो गुटको बिबाद भन्ने नै छैन, सम्वन्धित निकायले मिलाइसकेका छन्, केन्द्रमा मात्र किन सबैं बिबाद ?’ उनले प्रश्न गरे । पार्टीमा देखिएको समस्यालाई आपसी छलफलका माध्यमबाट मिलाउनुपर्ने उनको सुझाव छ । पार्टीको आगामी महाधिवेशनमा कुशल र सक्षम नेतृत्व आउनुपर्छ भन्ने उनी पुरानो सोच र ढर्राले नेपाली कांग्रेस अघि बढ्न नसक्ने दावी गर्छन् ।
राजनीतिलाई समाजसेवा हो भन्ने उनी जनताको र कार्यकर्ताको काम गर्न पाएकामा सन्तुष्ट हुन्छन् । तनहुँमा गोबिन्दराज जोशी पक्ष र पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको बिबादबारे उनले भने ‘हिजोसम्म केही बिबाद सतहमा आएको थियो तर अहिले लगभग मिलिसक्यो भने फरक पर्दैन, यसअघि क्रियाशील सदस्यता नवीकरण नगर्ने भनेर अडान लिएका जोशी पक्षधरले पनि सक्रियता देखाएर नवीकरण गरेका छन् ।’ उनले केन्द्रको नेता हुँ भनेर हिँड्नुभन्दा पनि सबैले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका छन् । ‘केन्द्रका भनिएका नेता झन् बढी जिम्मेवार बन्नुपर्छ, पार्टीलाई कुनै समस्या प¥यो भने तत्काल निकास दिनुपर्छ’ गुरुङले भने ‘ तनहुँमा कांग्रेस कहिल्यै पनि कमजोर छैन तर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा केही ‘टेक्निकल’ समस्याले हा¥यौं, जनता सधैं हाम्रो साथमा छन् ।’
गुरुङले कोरोना भाइरसको त्रासका कारण देश संकटतर्फ गएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले आफूलाई लोकप्रिय र जनताको पक्षको भन्ने सरकारले यो बेला राहत र उद्धारमा सक्रियता नदेखाएको आरोप लगाए । कोरोनाको नाममा सरकार भ्रष्टाचार गर्न लागेको र लकडाउन र निषेधाज्ञा भन्दै जनतालाई बन्धक बनाएर सरकारले गलत धन्दा गरेको पनि उनले स्पष्ट पारेका छन् । लकडाउनमा सरकारले आवश्यक तयारी नगरेको पनि उनको आरोप छ ।

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.