Fast Nepal News

महामारी:सामाजिक मनोविज्ञान र राजनीतिक आयाम

banner single news

 

डिएन घिसिङ

विश्व परिवेश वास्तविक र अरूको उपस्थितिबाट प्रभावित हुने मान्यतामा अडिक छ।समाजमा विद्यमान “कल्पित” र “निहित” अवस्थाहरू जुन मानवद्वारा प्रभावित भएका आन्तरिक परम्परागत अवधारणा हो।यसले समय काल खण्डमा बिशेष अर्थ राख्ने गर्दछ । विश्व अहिले कोरोना भाइरसको त्रासले आक्रान्त छ।मानव सभ्यतामाथि आइपरेको यो संकट प्राकृतिक वा अप्राकृतिक हो भन्ने बिषय अझैपनि बहसको बिषय बन्दै आएको छ ।

महामारीले भौतिक क्षतिमात्र होइन,मनोवैज्ञानिक रुपमा पुर्‍याउने क्षति त त्योभन्दा अझ निकै भयानक र अपुर्णिय हुन्छ।यसको पछाडी ठूलो अर्थ–राजनीति लुकेको हुन सक्ने अनुमान गर्न सकिन्छ।संसारको राजनीतिमा मनोवैज्ञानिक भयवाद तथ्यहरु बेलाबखत सार्वजनिक हुँदै आएको छ।

महामारीको समयमा शक्तिशाली रास्ट्रको उत्तरदायित्व र प्रदर्शन साथै धारणाको आधारमा परिवर्तन हुने अनुमान एउटा बलियो आधार हो। हालैका दशकहरूमा,असमानता बढ्दै गएपछि विकसित राष्ट्रले आर्थिक नीतिमा उत्तरदायी साथै रणनीतिक रक्षात्मक परियोजना अगाडी सारेको छ।यसले पनि भु-राजनीति भन्दा पनि विश्वको शक्ति संचय वा प्रदर्शनीमा होडबाजी गर्दै प्रतिस्पर्धा गरेको देखिन्छ।

पछिल्ला केही दशकहरूमा रोगको प्रकोप लगातार र व्यापक हुँदै गइरहेको छ।यी प्रकोपको केन्द्रबिन्दुहरू फरक छन र विभिन्न आर्थिक सन्दर्भमा जोडिएका छ्न। तर्कसंगत रूपमा,यी प्रकोपका प्रतिक्रियाहरू “राजनीतिक” घटनासँग जोडदै आएको पनि छ।

विकसित भन्दा अल्पविकसित मुलुकलाई महामारी स्वभाविक रूपमा बोझिला देखिएको छ।क्यानाडाबाट प्रकाशित ग्लोबल सोसियल वैल्फारको बिशेष स्तम्भमा ल्यादिया कार्पीरीरी र एलिसन रोजले महामारीबाट उब्जेका र प्रारम्भिक चरणको अवस्थालाई राजनीतिसँग गाँसेर हेरेका छन् । साथै उनिहरुले आफ्नो अनुसन्धानात्मक सोधलाई तथ्यपरक बनाउन तुलनात्मक विश्लेषण गरेका छन् । उक्त स्तम्भमा रोग महामारीको राजनीतिका आधारमा चार मुख्य विषयहरू देखा परेको दलिल पेश गरिएको छ । महामारी रोगको सामाजिक आर्थिक अवस्था,अनुसन्धान र विकासको निर्णय,प्रमाणको विश्वसनीयता जसले प्रतिक्रिया मार्गलाई सूचित गर्दछ र संक्रामक रोग जिम्मेवारी जस्ता तथ्यहरुलाई मिहिन ढंगले केलाएको छ।

Inside Article Ads

कार्ल मार्क्सको द्वन्द्वात्मक भौतिकबाद दृष्टिकोणलाई परिभाषित गर्ने हो भने पूर्वीय र पश्चिमेली शक्ति विरासतको द्वन्दको तत्वले प्रष्ट काम गरेजस्तो लाग्छ।युद्धको विकृत परिणाम एक पक्षिय नभई बहुपक्षीय हुन्छ।
द्वन्द्ववादी मान्यताअनुसार जीवन र जगतमा हुने सबै वस्तु, घटना र घटना प्रक्रियाहरूको उत्पत्ति,विकास र परिवर्तनको मूल कारण नै भौतिक तत्वको द्वन्द्वात्मक गतिमा निर्भर हुन्छ । संसारका सबै जैविक–अजैविक वस्तु, घटना, घटना प्रक्रिया, सङ्घर्ष र आन्दोलनहरू निरन्तर गति र परिवर्तनको प्रक्रियामा हुने गर्छ।

अमेरिकी लेखिका सिल्भिया ब्राउनीले सन् २०१२ मा प्रकाशित ‘इन्ड अफ डेज’ पुस्तकमा निमोनिया जस्तै खतरनाक रोग सन् २०२० मा फैलने छ भनिएको थियो । पुस्तकमा फोक्सोमा असर गर्ने र निमोनिया जस्तै रोगको संक्रमण फैलन्छ भन्ने भविस्यवाणी गरिएको थियो ।प्रेडिक्सन एण्ड प्रोफेसालिजममा खुलस्त गर्नुले पनि अबको समय आणविक युद्धको समय नभई जिवाणु युद्ध अर्थात वायो वारको समयको आकलन गर्न सकिन्छ। यदि पश्चिमी सभ्यता र सामाजिक विज्ञानको आधारभूत तथ्यलाई आधार मान्ने हो भने पश्चिमी सभ्यतामा यसरी भविष्यवाणी गर्ने शास्त्र वा कुनै तान्त्रिक अभ्यास र संस्कारको विरासत नै छैन तर यी लेखिकाको भविष्यवाणी कसरी सत्य सावित हुन आयो भन्ने बिषयमा कोरोना महामारीको प्रारम्भिक चरणमा अमेरिकामा ब्यापक छलफल र बहस चलेको थियो।

वातावरणीय कारकमा आधारित रहदा समुदाय र मानव व्यवहार बीचको सम्बन्धले निकै अर्थबोध गर्दछ ।विकास सुधारका अलवा समस्याको रोकथाममा शक्तिशाली राष्ट्रले सहयोग र हस्तक्षेप नीतिले वैमनस्यता सिर्जना गर्न सक्ने खतरा बढदो छ।

संकटले आर्थिक,सामाजिक,साँस्कृतिक र राजनीतिक, वातावरणीय र मानवीय रुपमा प्रभाव पार्नुका साथै अन्तर्राष्ट्रिय सम्बन्ध फेरबदल समेत गर्दछ ।प्राकृतिक रुपमा संकट पैदा गरेर अन्तरनिहित संरचना र संस्थाहरु बीच अन्तर्राष्ट्रिय सम्बन्धमा चिसोपना देखापर्न सक्छ। अन्तर्राष्ट्रिय शक्ति सन्तुलनले अनपेक्षित संकटको सामना गरिरहेको छ र यो संकटको प्रभाव एक्काइसौँ शताब्दीको सबैभन्दा बिकराल रुपमा खडा भएको छ।

सामाजिक–अर्थतन्त्र धराशायी बन्दै छ भने सामाजिक–राजनीतिमा पनि खतराको घन्टी बजिसकेको छ। अर्कोतिर महामारीले विभिन्न राष्ट्रबीच विभाजन गहिरिएर जाने चिन्ता यथावत छ भने साना–ठूला सबै मुलुकका राजनीतिक निर्णयले आगामी दिनमा कस्तो परिणाम तय गर्ने भन्ने आकलन गर्न सकिन्छ।
आजको विश्व आर्थिक र राजनीतिमा आस्रित छ। यो महामारीको ठूलो असर विश्व आर्थिक प्रणालीमा परेको छ।प्रत्यक्ष मानव स्वस्थ्यसँग सरोकार राख्ने भएकाले विश्व स्वस्थ्य संगठनले चाल्ने कदम वा निर्णय मानव हितका लागी हुनेछ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.