Fast Nepal News

मध्यपहाडि क्षेत्रमा लमजुङ र गोरखाको सिमाना बनेर रहेको चम्पावती ( चेपे) नदि सम्भावनाको खोजिनिति !

कृष्ण अाेलीया

banner single news

लमजुङको दुधपोखरी गाउँपालिका र गोरखाको सिरानचोक गाउँ पालिकाको शिरमा बुद्ध हिमालको काखबाट निस्केको चम्पावती तल आए पछि लमजुङको राइनास नगरपालिका र गोरखाको पालुङटार नगरपालिकालाई दायाँबायाँ टार फाँटहरु बनाएर झरेको छ । राइनासटार सिंचाइ नहर मध्य पहाडी भेगमा नै पुरानो ठूलो नहर मानिन्छ । तनहुँको भानु नगरपालिकामा चेपे र मर्स्याङदि संगममा पुगे पछि लमजुङ ,तनहुँ र गोरखा तीन जिल्लाको त्रिवेणी बनेर मर्स्याङदीमा समाहित भएको छ । चेपे नदिले गोरखा सिरानचोकमा बुद्दसिं फाँट देखि साहिलिटार , पाँडेबेसी मुगेफाँट,अल्काटार,मल्लटार हर्मि फाँट,तिपिप्लेफाँट, राइनास टार , पालुङटार जस्ता समथर नदि उपत्यकाका फाँट टारहरु बनाएर झरेको छ । मध्य पहाडी क्षेत्रमा पुरानो र ठूलो मानिने राइनासटार सिंचाई योजनाले राइनास नगरपालिकाको १२०० हेक्टर जमिन सिंचित गरेको छ । यो प्रकृतिको अनुपम उपहारलाई कसरी संरक्षण र सदुपयोग गर्ने भन्ने बारेमा हामीले गम्भीरतापूर्वक सोच्नु जरुरी छ ! अहिले चेपे नदि दोहनको सिकार भएको छ । नदि जन्य पदार्थ ढुङ्गा बालुवाको जथाभावी उत्खनन्, जलचर माछामार्न
अन्धाधुन्ध बम,करेण्ट,बिषको प्रयोग र फोहर बिसर्जन चेपे नदि माथिको अतिक्रमण हो । यस्ता कुराहरुलाई नियन्त्रण गर्न नगरपालिकाले प्राकृतिक श्रोत सम्पदाहरुको संरक्षण र उपयोगको सम्बन्धमा बिशेष अध्ययन सहित कार्यबिधि कानुन बनाएर संरक्षण क्षेत्र घोषणा गर्नु पर्दछ । फाेटाे फिचर

Inside Article Ads


अहिले केही बर्ष यता तराईको भरतताल अबलोकन गरेर आए पछि चेपेलाई बाँध बाँधि थुनेर जलाशय बनाई जलपर्यटनको चर्चा चलाईएको छ । तराईको समतल भागमा बनेको ताल हेरेर उच्च बहावयुक्त पहाडी नदिमा बाँध बाध्नु कति उचित हुन्छ राम्रो अध्ययन र छलफल गरौं । यसको बिकल्प उचित संरक्षण, समुचित उपयोग र जलपर्यटन के हुन सक्छ अध्ययन र छलफल गरौं ! यस बारेमा मेरो यस्तो प्रकारको सोचाई रहेको सबैको छलफल अध्ययनका लागि प्रस्ताब राख्दछु । #राइनास नगरपालिका , पालुङटार नगरपालिका र सिरानचोक गाउँ पालिकाको सहमति सहकार्यमा आआफ्नो पालिकामा पर्ने बोराङ खोला देखि चेपेघाट सम्मको चेपे किनारलाई बिशेष प्राकृतिक तटबन्ध गर्ने # नदिको तटबन्ध गरे पछि दायाँबायाँ कम्तीमा तीन मिटरको पदमार्ग बोराङ खोला देखि चेपेघाट सम्म निर्माण गर्ने # गाउँ बस्तीबाट आएका खहरे खोलाहरु र चेपेको संगममा बर्षायाममा आउने बालुवा संकलनका लागि पोखरी चेम्बर निर्माण गर्ने , जसले गर्दा बर्षामा तिचेम्बरमा बालुवा संकलन हुन्छ र पछि तिनै चेम्बरको बालुवा संकलनका लागि पालिकाहरुले टेण्डर गर्न सक्छ । यसबाट नदिजन्य बालुवा आपूर्ति सहज हुने र नदिलाई कुनै असर नहुने हुन्छ ।# प्रत्येक पालिकाले आफ्नो पालिका भित्रको क्षेत्रमा माछा मार्नका लागि सो ब्यबसाय गर्न चाहने स्थानिय ब्यक्तिहरुलाई कोटाको परिधिभित्र रहेर लाइसेन्स दिने । लाइसेन्स बाहेकका ब्यक्तिले माछा मार्न नपाइने । साथै माछा मार्न जाल, बल्छि र ढडियाको मात्रै प्रयोग गर्न पाइने ब्यबस्था गर्ने।# चेपे नदिलाई उपयुक्त समतल परेका ठाउँहरुमा एक दुई मिटर अग्लो सोही नदिका ठुला ढुङ्गाहरु प्राकृतिक रुपमा मिलाएर चेक ड्यामहरु बनाउने , ती चेक ड्यामहरु प्राकृतिक पौडि पोखरीको रुपमा उपयोग हुनुका साथै बोटिङ गर्न र नदिको बहाव नियन्त्रण गर्न सहयोग पुग्नुका साथै माछाको बृद्दिबिकासमा पनि सहयोग पुग्दछ ।

बाटो संग जोडिएको , पौडि पोखरी भएको , वारीपारी आवतजावत गर्ने ठाउँ क्षेत्रमा स्थानियहरुलाई नै प्रथमिकतामा राखेर टि-सप, रेष्टुरेन्ट संचालन गर्न अनुमति दिने, नदि तटका जग्गा धनीहरुलाई माछा पालनका लागि कार्यक्रम र सहयोग प्रदान गर्ने , यसले स्थानीय स्वरोजगार र पर्यटन बिकासमा सहयोग पुग्नेछ । हरेक बर्ष बोराङ खोला दोभानबाट लाखौंको संख्यामा माछा भुरा छोड्ने । प्राकृतिक मत्यबिकासको नमुनाको रुपमा यसलाई बिकास गर्ने । राइनास नगरपालिका वडा नं ७ गरमबेसि निवासी डा. रामचन्द्र भुजेल जो अन्तर्राष्ट्रिय माछा बिज्ञ हुनुहुन्छ उहाँलाई यसको बृहत् अध्ययन , अनुसन्धान र परियोजना निर्माणमा सहयोग लिने , उहाँलाई यसको सद्भावना दुतको रुपमा पालिकाहरुले सम्मान सहित जिम्मेवारी दिने । यसले गर्दा यो स्थान माछाको अन्तर्राष्ट्रिय अध्ययनको केन्द्र बन्न सक्छ । यो कार्य ppp मोडलमा स्थानिय सहभागीतामा पालिकाहरुको नेतृत्वमा गर्ने ।

Visited 5 times, 5 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.