Fast Nepal News
Banner Below header

नारी माथि विभेदको अन्त्य कि तरिका फरक ?

नेपाल जस्तो विकासोन्मुख देशमा नारिलाई तल पार्ने प्रथा अझै छ

banner single news

सुजता अर्याल
विज्ञान र प्रविधिको युगमा आइपुग्दा पनि हामी महिला र पुरुष अर्थात लिङ्ग भेदमै अल्झन पर्नु बिडम्वना हो । समाज जतिसुकै विकसीत हुँदै गएतापनि मानिसको सोचाइ र चिन्तनमा भने खासै परिवर्तन भएको देखिँदैन । फरक यत्ति हो, हिँजो विभेद गर्ने तरिका अलग थियो आज अलग छ । नेपाली नारी साहित्यकारहरू पनि यसबाट बच्न सकेका छैनन् । गुणात्मक दृश्टिकोणले नारी साहित्यकारहरुले नेपाली साहित्यमा पु¥याएको योगदान उल्लेखनीय छ । तथापी उनीहरुले नेपाली साहित्यमा गरेको श्रम र लगानीको खासै चर्चा गरिँदैन । यस्तो हुनुमा पारिवारिक, सामाजिक, राजनैतिक, प्रशासनिक, आर्थिक जस्ता विभिन्न सन्दर्भहरूले प्रत्यक्ष प्रभाव पारेको देखिन्छ ।
मनोवैज्ञानीक रुपमा अवमूल्यन
पुरुषको बराबरीमा आइपुग्न सक्ने नारिहरुलाई पनि नारि भएकै कारण मनोवैज्ञानिक रुपमा अवमूल्यन गर्ने परिस्थितिले जरा गाडेर बसेको छ । शिक्षित र चेतनशिल भनिएको व्यक्तिले पनि विभेद गरीरहेकै छ । लैंगिक विभेद, सामाजिक विभेद, शोषण, कुप्रथा र अन्यायको विरोध गर्दै समतामुखी समाजको निमार्णमा लागिपरेका धेरै नारिहरु स्वयंले मानसिक टचर भोग्नु परेको अवस्था छ । यस्ता समस्याहरुलाई चिर्दै समाज र देशको निमित्त आफुलाई समर्पित गरिरहेका नारिहरुको चर्चा खासै भएको देखिंदैन । नारिहरु हरेक क्षेत्रमा सक्षम छन् । स्वीकार्न नसक्नु कमजोर मानसिकताको उपज हो । संघर्ष गरेर स्थापीत भएकाहरुलाई पनि कुनै न कुनै पुरुषको ट्याग लगाइदिन्छन् । हाम्रो समाजमा नारि निर्णायक तहमा पुग्नै गारो बडो संघर्ष गरेर पुगेकालाई पनि यसरी ट्याग लगाइनाले विभेद जीवीतै भएको हो ।
शिक्षित परिवारमै संघर्ष
शिक्षित परिवार समतामुखी हुनुपर्ने हो । शिक्षित भनिएको परिवारमै नारीहरूले संघर्ष गर्नुपर्ने अवस्था छ । घर÷गृहस्थि सम्हाल्ने जिम्मेवारी महिलाको मात्र हो भन्ने सोच अझै विद्यमान रहेकाले विवाह भैसकेपछि प्रायः नारिहरु आफ्नो इच्छा, आकांक्षाको बलि चढाउन बाध्य हुन्छन् । उदेश्य प्राप्त गर्नको लागि दोहोरो जिम्मेवारी (पारिवारिक र सामाजिक) निभाउनु परेको देखिन्छ । केही नारीहरूले कलात्मक तथा रचनात्मक क्षमताको सम्मानका लागि आवाज नउठाएका भने होइनन् । उनीहरुको विचार र भावनाको सुनुवाई नभएपछि सम्बन्ध विच्छेद गरेर आत्मसम्मानका साथ जीउन कोसिस समेत गरिरहेका छन् । तर सामाज, राजनीति लगायत विभिन्न तहले भने उनीहरुको संघर्षलाई सलाम गर्न सकेको छैन ।


साहित्य र प्रथा

लंैगिक समानतालाई विषय बनाएर विभिन्न विधामा धेरै साहित्य सिर्जना भयो । अझैसम्म विद्यमान देउकी प्रथा, छाउपडी प्रथा, बादी प्रथा, झुमा प्रथा, दाइजो प्रथा, वोक्सी प्रथा तथा चेलीबेटी बेचबिखन आदि लेखनका विषयवस्तु बने । विधवा, रजस्वला, निःसन्तान, गर्भवती नारिहरुलाई सम्मान गर्नुपर्ने सट्टामा धार्मिक तथा सामाजिक कार्यमा प्रतिबन्ध गर्ने जस्तो संवेदनाहिन कार्यले मनोवल गिराउने कार्य नहोस भनेर थुप्रै साहित्य लेखिए । नारी साहित्यकारले मात्र नभएर पुरुष साहित्यकारले समेत यस्ता प्रथाको विरोध गर्दै विभिन्न विधामा साहित्य लेखे ।
नारीहरूको जब बिवाह हुन्छ त्यसपश्चात् झन् कतिको लेखन नै ठप्प हुन्छ । त्यसो त अझै पनि कति समुदाय छन् जहाँ छोरीलाई पढाउनु हुँदैन भन्ने मानसिकता विद्यमान छ । यसलाई चिर्नकै निमित्त विभिन्न विधामा साहित्य देखिंदै आएको छ । प्राचिनकालमा पनि नारि साहित्यकारको भूमिका महत्वपूर्ण थियो । अहिले नारीहरूले पारिवारिक र सामाजिकः–दोहोरो जिम्मेवारी वहन गरी साहित्यमा शक्तिशाली रुपमा आएका छन् । नेपाली साहित्यमा संख्यात्मक रुपमाभन्दा पनि गुणात्मक रुपमा नारी साहित्यकारहरुको राम्रो उपस्थिति देखिन्छ । नेपाली साहित्यमा गुणात्मक दृश्टिकोणले महत्वपूर्ण योगदान गर्ने नारी साहित्यकारहरु प्रायः ओझेल मै छन् ।
नेपालमा अहिलेसम्म हजारौं नारी साहित्यकारहरु छन् । समता मुलक समाज निमाणर््ाका लागि भन्दै लेखिएका सयौं कृतिहरु छन् । यसले धेरैहदसम्म प्रथाको उन्मुलनमा सहयोग पु¥याएको पक्कै हो । निर्मूल भने हुनसकेको छैन । नेपाल जस्तो विकासोन्मुख देशमा नारिलाई तल पार्ने प्रथा अझै विद्यमान हुनु भनेको हामी अहिलेको विज्ञान प्रविधिमा अगाडी बढीरहेको विश्वपरिवेशमा युगौं पछाडी हुनु हो । जबसम्म हाम्रो सोचाइमा परिवर्तन आउन सक्दैन तबसम्म समग्र विकासले गति लीन सक्दैन ।

Inside Article Ads
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.