Fast Nepal News

उत्तम अधिकारीको सम्झनामा यस्ता थिए पुर्ण पाैडेल

मलाई खोज्दै कोही तनहाचल तिरका साथीहरु आउनु भएको थियो त भनेर रविन्द्रलाई सोध्नु भयो ।रविन्द्रले छैनन भन्ने जवाफ दिए पछि,ल म निस्के है भनेर निस्कनु भयो । उहाँ निस्के पछि रविन्द्रले चिन्नु भो उहाँलाई भनेर सोधे । हामीले हाम्रो परिचय दिए पनि हामीले उहाँको नाम सोध्न सकेका थिएनौं, उहाँले पनि वताउनु भएको थिएन । चिनेनौं, भने पछि रविन्द्रले उहाँ हाम्रो महासचिव हो भने ।त्यही पहिलो पल्ट मैले पुर्णदाईलाई देखेको थिए ।

banner single news

उत्तम अधिकारी (माअाेवादि केन्द्रका केन्द्रीय सदस्य हुनुहुन्छ )उहाँको सम्झनामा पुर्ण पाैडेल :

२०५७ सालतिरको कुरा हो,अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय भुरुङखेलमा थियो ।
हाम्रै नुवाकोटका रविन्द्र पुडासैनी कार्यालयमा हुन्थे ।अस्कल क्याम्पसवाट हामी २/३ जना साथीहरु भुरुङखेल गएका थियौं, रविन्द्र पुडासैनी र हामी अस्कलवाट गएका साथीहरु मात्रै कार्यालयमा थियौं । मजदुर सँगठनको कार्यालय रहेको अर्को कोठामा चाहिँ मान्छेहरुको चहलपहल थिएन ।
रविन्द्र पुडासैनीले नुर अभियानमा मेरो गाउँ पुग्दाका कुराहरु सुनाउदै थिए । त्यही विच एक जना व्यक्ति कार्यालय छिर्नु भयो, हामीसँग दरिलो हात मिलाउनु भयो । हाम्रो नाम सोध्नु भयो, कुन कलेज पढ्ने सोध्नु भयो ? हामीले सोधेको प्रश्नको जवाफ दियौं । मलाई खोज्दै कोही तनहाचल तिरका साथीहरु आउनु भएको थियो त भनेर रविन्द्रलाई सोध्नु भयो ।रविन्द्रले छैनन भन्ने जवाफ दिए पछि,ल म निस्के है भनेर निस्कनु भयो ।
उहाँ निस्के पछि रविन्द्रले चिन्नु भो उहाँलाई भनेर सोधे । हामीले हाम्रो परिचय दिए पनि हामीले उहाँको नाम सोध्न सकेका थिएनौं, उहाँले पनि वताउनु भएको थिएन । चिनेनौं, भने पछि रविन्द्रले उहाँ हाम्रो महासचिव हो भने ।त्यही पहिलो पल्ट मैले पुर्णदाईलाई देखेको थिए ।
त्यस पछि नियमित जसो भुरुङ्खेल तथा क्याम्पसमा उहाँसँग भेटघाट हुन थाल्यो । चिनजान दोहोरो हुँदै गयो । चितवनमा राज्यद्वारा मारिएका गौरी सापकोटाको हत्याको विरुद्द नेपाल ल क्याम्पसमा विरोध सभाको आयोजना गरिएको थियो ।पुर्णदाइ कार्यक्षेत्र काठमाडौं भएर आए पछिको पहिलो खुल्ला कार्यक्रम त्यही हो जस्तो लाग्छ । यो सभामा पुर्णदाइको भाषण पहिलो पल्ट सुन्ने अवसर मिल्यो ।

सिंगो मासलाई नै जुरुक्क उठाउने निक्कै जोशिलो ढंगले मन्तव्य राख्नु हुँदो रहेछ । त्यो कार्यक्रम पछि उपत्यकाका संगठनका आन्तरिक तथा वाह्य कार्यक्रममा पुर्णदाईको प्रभाव र उपस्थिति जवर्जस्त हुन थालेको थियो । ऋतिक रोशन प्रकरणमा उपत्यकामा विद्यार्थी आन्दोलन जवर्जस्त उठ्यो । त्यो आन्दोलनका क्रममा राज्यको दमनका कारण ४ जना निहथ्था मानिसले शाहदत प्राप्त गरे । त्यो आन्दोलनमा अखिल (क्रान्तिकारी)को नेतृत्वदायी भुमिका थियो ।त्यो आन्दोलनमा संगठनको उपस्थिति सशक्त वनाउन तथा राज्यको दमनको प्रतिरोध गर्न महत्वपुर्ण योजना निर्माण गर्न पुर्णदाईले कुशलतापुर्वक नेतृत्व गर्नु भएको थियो ।

त्यही आन्दोलनको क्रममा राज्यले हाम्रो भुरुङ्खेल कार्यालय छापा मार्यो । कार्यालयवाट पुर्णदाई लगायत अन्य १४ जना साथीहरु गिरफ्तार हुनु भयो । पुर्णदाई लगायतका साथीहरुलाई राज्य विरुद्दको अपराध लगायतको मुद्दा चलाईएको थियो । त्यसरी गिरफ्तार गरिएका साथीहरु सार्वजनिक अपराध केसमा धरौटी वुझाए लगत्तै प्रहरीले जिल्ला प्रशासन कार्यालयको गेटवाटै पुन गिरफ्तार गरि हनुमानढोका प्रहरी कार्यालयमा ल्याउने गरिदै थियो ।

म पनि अस्कल क्याम्पसवाटै गिरफ्तार भई हनुमानढोका पुर्‍याइएको थिँए । पुर्णदाई वाहेक अरु साथीहरुसँग क्रमश हनुमानढोकामा भेट हुँदै थियो । सार्वजनिक अपराध मुद्दामा धरौटी जम्मा गर्न नभ्याँउदा मलाइ भद्रगोल जेलमा लगिएको थियो ।पुर्णदाई त्यही हुनुहुन्थ्यो । जेल पुर्‍याइएको दिन खाना खाने वेलामा मेसमा पुर्णदाईसँग भेटभयो । उहीँ कसिलो हात मिलाइयो । भोलिपल्ट विहान सँगै वाकिङ गर्ने प्रस्ताव गर्नु भयो । भोलिपल्ट भद्रवन्दी गृहको वाल वरिपरि पुर्णदाई, तनहुँका राजेन्द्र केसरी न्यौपाने सँग वाल घुमियो । आन्दोलनका विषयमा कुरा भयो ।

झण्डै १ घण्टाको वाकिङ् पछि कास्कीका झलकमणी दाईसँग फेरि वाल घुमियो, पार्टी आन्दोलनको भविश्यका वारेमा विमर्श गरियो । दिउँसो धरौटी रकम जम्मा भएकोले म छुट्ने भए । त्यही जेलमा रहनु भएका लेखनाथ दाइ लगायतसँगका कमरेडहरुसँग विदा भएर म निस्किए । पुर्णदाईले जेलको गेट सम्म आएर छिट्टै बाहिर भेटौला है भनेर विदा गर्नु भएको थियो । म छुटेको केही दिन पछि पुर्णदाइ, युवराज भट्टराई,यज्ञ खरेल छुट्नु भयो ।
जेलवाट छुटे पछि पुर्णदाईले म र साथी सागर सापकोटा जो पुर्णदाईहरु सँगै कार्यालय छापामा परि गिरफ्तार भएर छुटेका थिए,लाई सोह्रखुट्टेमा भेट्न वोलाउनु भएको थियो ।साथमा विपिन पनि हुँनुहुँदोरहेछ ।उहाँले गिरफ्तारी, यातना पछि हामीहरु आत्तिएका छौं कि, के कस्तो अनुभूति रह्यो भनी जिज्ञाशा राख्नु भयो ।हामीलाइ आन्दोलनमा लागिरहन अभिप्रेरित गर्नु भयो । आजका दिन सम्म आन्दोलनमा लागिरहन उहाँको उत्प्रेरणा आज सम्म सान्दर्भिक वनिरहेको छ । पछि संकटकाल लाग्यो ।

Inside Article Ads

सकंटकाल पछि धेरै साथीहरु आन्दोलनवाट पलायन भए । कहिल्यै नभोगेको राज्यको त्यो आतंकले त्राश नवढेको होइन, तैपनि आन्दोलनको गौरवशाली विरासत,शहीदका उत्सर्ग लगायतका विषयमा प्रशिक्षित गर्दै हामीमा उत्पन्न त्राश हटाउन उहाँ उहाँको महत्वपुर्ण अभिभावकिय तथा नेतृत्वदायी भुमिका रहेको थियो ।संकटकालका शुरुका दिन म सागर सापकोटा सहित चावहिलमा वस्थे। पुर्णदाई पनि त्यही एरियामा वैकुण्ठ पोख्रेल(जो पछि शहीद भए) ? वस्नु हुँदोरहेछ । उहाँ कहिले काहीँ हाम्रो कोठामा आउनु हुन्थ्यो ।

हाम्रा समस्या वुझ्नु हुन्थ्यो,काममा आवश्यक मार्गनिर्देश गर्नुहुन्थ्यो । चावहिल तल खोलाको किनारको वाटो त्यतिखेर मर्मत हुँदै थियो ।सडकका विभिन्न ठाँउमा वालुवाको थुप्रो थियो । त्यो समय अमेरिकाले अफगानिस्तानमा आक्रमण गरिरहेको थियो ।तालिवानको क्षेत्रको रुपमा तोरावोरा चर्चित थियो । चावहिलको त्यो क्षेत्रलाई पनि हामी कोडमा तोरावोरा भन्थ्यौं । त्यो ठाँउलाई तोरावोरा नामाकरण उहाँले गर्नु भएको थियो । संगठक त उहाँ हुनुहुन्थ्यो नै, कार्यकर्तालाई असाध्यै माया गर्ने अभिभावक, रमाईलो गर्न मन पराउने असाध्यै रसिक हुनुहुन्थ्यो । संकटकालका ती दिन दिन दिनै साथीहरु गिरफ्तार भइरहेका थिए, राज्यको निगरानी असाध्यै वढेको थियो ।

त्यसै विच२०५९ साल आजकै दिन उहाँ कालिमाटीबाट गरिफ्तार हुनु भयो । उहाँ गिरफ्तार भएको खवरले हामी सवैलाई स्तब्ध वनायो । आज पनि केही काम विशेष चावहिल तिर पुग्दा त्यतिखेरको हाम्रो तोरावोरा एरिया देख्दा पुर्णदाईसँगका यादहरु ताजा वनेर आउँछन् । पुर्णदाई पछि उहाँको उत्तराधिकारीको रुपमा आज सम्म झण्डै एक दर्जन साथीहरु संगठनका महासचिव वनेका छन् ।समयक्रममा मैले पनि त्यो जिम्मेवारी निर्वाह गर्ने अवसर पाएको थिँए ।

मलाई पुर्णकालिन कार्यकर्ताको रुपमा पार्टी जीवन शुरु गराउन पुर्णदाईले गर्नु भएको मेहनत र खेल्नु भएको भुमिका महत्वपुर्ण छ । उहाँको उत्प्रेणा र निरन्तरको मार्गदर्शन नभएको भए आज सम्म आन्दोलनमा टिक्न सकिन्न थियो होला ।
सधै स्मरणमा हुनुहुनेछ पुर्णदाइ !!!!

Visited 39 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.