Fast Nepal News

स्ववियु निर्वाचन किन ?

banner single news
वसन्त थिङ्ग (रत्न राज्यलक्ष्मि क्याम्पस, राजनीतिशास्त्रकाे विद्यार्थी तथा नेपाल विद्यार्थी संघ निकट नेता )
नेपालभित्रका सम्पूर्ण विद्यार्थीहरूका साझा छाता संस्था वा संगठन हाे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हाे। नेपालको शैक्षिक क्षेत्रका मुद्दाहरू र राजनैतिक परिवर्तनमा अग्रसर भुमिका निर्वाह गर्दै आईरहेका (स्ववियु) वि.सं २०७३ पछि भने सुस्त र विवादास्पद रूपमा गुजरिरहेकाे छ । यसका विभिन्न कारणहरू भने विद्यार्थी संगठनहरू बीचकाे किचलाे,२८ वर्ष उमेर हदबन्दी ,मिश्रति निर्वाचन प्रणाली र त्रि-भुवन विश्वविद्यालयकै अनिच्छा प्रवृत्ति ले गर्दा प्रत्येक दुई-दुई वर्षमा हुनुपर्ने निर्वाचन राेकिएकाे हाे । यसले समग्र शैक्षिक क्षेत्र र विद्यार्थीका मात्र नभई राष्ट्रनिर्माण मा चाहिने आवश्यक नयाँ दर्शन,दक्षता र युवा उर्जामा समेत ह्रास आएकाे छ ।

 

(स्ववियु) ले विद्यार्थी हकहितका लागि मात्र नभई राष्ट्रकाे सामाजिक,आर्थिक,भाैगाेलिक,सांस्कृतिक र धार्मिक क्षेत्रका समस्याहरू,बढिरहेको शैक्षिक बेरोजगारी हटाउने समतामूलक,ब्यवहारीक र जिवनउपयाेगि तथा निर्वाहमुखी शिक्षा प्रणाली कसरी शुरू गर्ने,यसका लागि शैक्षिक क्षेत्र र व्यवस्थापन मा के-के सुधार गर्न आवश्यक छन् । शिक्षा लगायतका क्षेत्रमा बहुमुल्य सुझाव दिने र निति-नियम निर्माणमा महत्त्वपूर्ण भुमिका र दायित्व निर्वाह गर्ने हुदा (स्ववियु) निर्वाचनकाे अत्तिआवश्यक छ । यसका लागि विभिन्न विद्यार्थी संगठनहरू र सम्पूर्ण विद्यार्थीहरू एक हुन आवश्यक छ।
Inside Article Ads
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.