Fast Nepal News

काठमाडौँ महानगरपालिकाले गर्न खोजेको विकास हो कि विनाश

banner single news

प्रकाश कपाली

माज गतिशील र परिवर्तनशील छ। मानिसको ईच्छा चाहना र मागअनुसार समाजको संरचनामा परिवर्तन आइरहन्छन्।जुन समाज परिवर्तनको स्वभाविक पक्ष हो। स्थानीय तहको निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै निर्वाचित भएको मितिदेखि आजसम्म काठमाडौँ महानगरपालिकाले महानगरपालिकाको कार्यमा महत्वपूर्ण कदम चाल्दै आएको छ।यो आफैंमा एक सहारनीय कार्य पनि हो।

निर्वाचित भएको केही समयमै चर्चामा आएको काठमाडौँ महानगरपालिकाले समयमा फोहोर व्यवस्थापन गर्न नसक्दा धरानका मेयर हर्क साम्पाङ्गले गाली गरेको पात्र महानगरपालिकाको जनप्रतिनिधि बन्नु परेको थियो। काठमाडौँ महानगरपालिकाले फोहोर व्यवस्थापनमा जोड दिनुपर्छ भन्दै राष्ट्रिय युवा संघले काठमाडौँको फोहोर व्यवस्थापन गर्नका लागि समेत विभिन्न अभियान चलाएको थियो।

फोहोर व्यबस्थापन गर्न नसकेको काठमाडौँ महानगरपालिका धरानको जनप्रतिनिधिको आलोचनाको सिकार बन्नुपर्दा त्यहीँ जोशमा होस उडाउँदै काठमाडौँ महानगरपालिकाको जनप्रतिनिधिले अवैध संरचना माथि डोजर चलायो। अवैध संरचना माथि डोजर चलाईरहदा र फुटपाथ हटाई रहदाँ काठमाडौँ महानगरपालिकाले एक ठुलो त्रुटि गर्न पुगेको छ।

महानगरीय प्रहरीको दमन र जनतामाथि काठमाडौँ महानगरपालिकाले दुर्व्यवहार अत्याचार र असहय रहेको छ।हरेक कुराको समस्या हुन्छ महानगरपालिकाभित्र अनेक विकृतिका चाङ्गहरु नभएका होइनन्। महानगरका केही विकृतिहरू हटाउदै जानुपर्छ।तर अवैध संरचनालाई बैध र कानूनी मार्ग स्पष्ट नगर्ने बाटो महानगरपालिकाले पक्रेको छ।जुन अत्यन्तै काठमाडौँ महानगरपालिकावासीको विरुद्धको कार्य पनि हो। विकास गर्ने बाटो पक्रेको काठमाडौँ महानगरपालिका आज विनाश गर्ने बाटोतर्फ गएको छ।भएको संरचना अवैध भए कानूनी मार्ग स्पष्ट गरी वैध बनाउन विकल्प खोज्नुको सट्टा विनाशको बाटोतर्फ जानुले काठमाडौँ महानगरपालिकावासीमा चरम निराशा छाएको छ।

फुटपाथ व्यापारीलाई उचित ठाउँको व्यबस्थापन नगरी काठमाडौँ महानगरपालिका व्यापारीको रोजगारी खोस्ने बाटोतर्फ लागेको छ।जसको परिणामस्वरूप स्वरोजगार नेपाल स्वरोजगार व्यापार श्रमिक संघले फुटपाथ व्यापारीलाई गरिखाने बाटो दिनुपर्यो र फुटपाथ पसलको समयावधिको विकल्प खोज्नुपर्नेमा काठमाडौँ महानगरपालिकाले त्रुटि गरेको भन्दै आन्दोलनमा उत्रिएको छ।

फुटपाथ व्यापारीलाई हटाउन मात्र अग्रसर हुने तर त्यसको विकल्प के हो भनी मार्ग स्पष्ट नगर्ने, अवैंध संरचनालाई कसरी वैध बनाउन सकिन्छ भनेर विकल्प खोज्न तयार नहुने तर विनाशको बाटोतर्फ अघि बढ्ने काठमाडौँ महानगरपालिका अब कतातर्फ गईरहेको छ?

भएको संरचनालाई भत्काउनुको सत्ता त्यस संरचनालाई भत्काई दुरुप्रयोग गर्नमा काठमाडौँ महानगरपालिका स्वयम अग्रसर भएको छ।

स्थानीय सरकारको सत्ता र पदको आडमा विनाश गर्ने मार्गतर्फ काठमाडौँ महानगरपालिका अघि बढिरहेको अवस्थामा मिडिया र आम जनमानसले काठमाडौँको जनप्रतिनिधि मेयर बालेन शाहको प्रशंसा गरिरहेका छन्।तर यो नबुझीकन गरेको प्रशंसाले नेपाली जनता भेडा हो भन्ने सर्वमान्य नेता गणेशमान सिंहको विचारसँग मिल्न गएको छ।

काठमाडौँ महानगरपालिका विकास भन्दै विनाशको बाटोतर्फ पतन भईरहँदा जनताहरु भने मेयर बालेनको भक्तिगान गाउँन छोडेका छैनन्।हिजो जनताको जिउँमा पाउ परेको स्थानीय तहको जनप्रतिनिधि आज जनताको छातीमा लात्त हान्न पुगेको छ।

काठमाडौँ महानगरपालिकाले पक्रेको अधिनायकवादी र तानशाह बाटोको खुला विरोध गर्नुपर्छ। काठमाडौँ महानगरपालिकावासी माथि अहिले भएको दमनकारी नितिको खुलेर विरोध गर्नुपर्छ। अहिले काठमाडौँ महानगरपालिका विनाश गर्ने बाटोतर्फ पतन भएको हुनाले काठमाडौँ महानगरपालिकाको जनप्रतिनिधिको भक्तिगान गाउँन तत्पर हुनुभन्दा महानगरको कार्य गतिविधिमाथि निगरानी राखेर सही कुरालाई सही र गलत कुरालाई गलत भन्ने विषयतर्फ ध्यान दिन अति नै आवश्यक छ

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.