Fast Nepal News

बदलिँदो समाज नारी माथिको सोच

प्रकास कपाली

banner single news

आजको आधुनिक समाजको व्यक्तिहरु समानता, स्वतन्त्रता,न्यायका कुरा गर्छन्। सबैलाई समान दृष्टिले हेर्नुपर्छ भन्ने धारणा प्रकट गर्छन्।तर बोले अनुसार व्यबहारमा लागू गर्दैनन्।जसको परिणामस्वरूप बदलिँदो समाजमा नारी माथि गरिएको दुर्व्यवहार लाई लिन सकिन्छ।

समाजसँगै मानिसको सोच बदलिँयो भन्ने धारणा केवल मनको लड्डु घिउसँग खानु जस्तो भएको छ।नारी हिसांको अन्त्य समतामूलक समाज निर्माण केवल एक सपनाको संसारमा हराउन पुगेको छ।

समानताको दृष्टिकोणमा लैगिक समानताको वकालत गर्ने, महिला सशक्तिकरण र नारी जागरणको जनचेतना जगाए पनि आजको वर्तमान समाज नाटक गरेको सुतेको व्यक्ति जस्तै भएको छ।

एक नारी हत्या,हिसां,यौन शोषणको सिकार भइरहँदा नारीलाई अपमान र दुर्व्यवहारको थालनी त्यही समाजबाट सुरु हुन्छ।समानता त्यही लोप भएर जान्छ। त्यस्तो समानताको वकालतले केही महत्वपूर्ण अर्थ राख्दैन।

Inside Article Ads

नारी माथि भएको यदि असमानता र अन्याय माथि हमला गर्ने हो भने नारी माथि समाजले गर्ने दुर्व्यवहारको विरूद्ध लड्नुपर्छ।केवल‌ एक नारी हत्या,हिसां,यौन शोषण बाट पिडित हुँदा सबै आन्दोलन गरेर सघर्ष गर्ने होईन। आज नारी माथि भएको हिसां सधैका लागि अन्त्य गर्न सघर्ष गर्ने हो। त्यसपछि मात्र लैंगिक समानता र सवालको विषयमा चर्चा गर्ने हो।

त्यसैले नारी माथि भएको लैंगिक विभेद,हिसां, दुर्व्यवहार, जघन्य अपराधजन्य कार्य अन्त्य गर्न ब्यक्ति, परिवार, समाज चनाखो भई लैंगिक समानताको प्रत्याभूति गराउने विषयतर्फ ध्यान दिनु अति नै आवश्यक देखिन्छ।

Visited 32 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.