Fast Nepal News

घरवास गुमाएका लमजुङका २१ पीडित घर परिवारलाई राहत वितरण ।

banner single news

लमजुङ ।मर्स्याङ्दी गाउँपालिका वडा नं.३ तरापु पल्लोटारी २०७७ श्रावण ५ देखि ७ गते सम्मको भिषण बर्षाका कारण २१ घर पूर्ण क्षति, ३० क्षतविक्षत र ३१ उच्च जोखिममा रहेका छन् । घरवास गुमाएका २१ पीडित घर परिवारलाई रु १०,०००/- का दरले रु २,१०,०००/- र छहरे पारीको पहरो फुटी घाइते भएका -लाल कौरी तामाङलाई रु १०,०००/- बलबहादुर थापालाई रु १०,०००/- मृगौला पीडित निरमाया घर्तीलाई रु ३०,०००/- गरी जम्मा रु २,६०,०००/- लमजुङ समाज पोर्चुगलका अध्यक्ष श्री लोकेन्द्र गुरुङ मार्फत पोर्चुगलका साथीहरुबाट संकलित रकम संविधान सभा सदस्य मा. श्री जमिन्द्रमान घलेद्वारा पीडितहरुलाई हस्तान्तरण गर्नुभयो । उत्त कार्यक्रममा मर्स्याइ्दी गापा अध्यक्ष श्री अर्जुन गुरुङ , पत्रकार महासंघका अध्यक्ष श्री आश गुरुङ र लमजुङ समाज पोर्चुगलको सदस्य स्वोस्तिका गुरुङ सहभागी हुनुहुन्थ्यो ।

Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.