Fast Nepal News

कहिले हुन्छ कोरोना महामारीको रोकथाम ?

banner single news

काठमाण्डौ, भदौ ९ – कोरोना भाइरसको महामारी विश्वभर फैलिरहेको छ । यो महामारी कहिले रोकथाम हुन्छ भन्ने यकिन छैन । विभिन्न अध्ययन अनुसन्धान जारी छन् ।
भ्याक्सिनको परीक्षण भइरहेको छ । झुण्ड प्रतिरक्षा (हर्ड इम्युनिटी) भएमात्र यसको रोकथाम हुने दाबी गर्न थालिएको छ ।

भारतको दिल्लीमा हालै गरिएको सर्वेक्षणमा २९ दशमलव १ प्रतिशत मानिसमा एन्टीबडी पाइएको छ । मतलब त्यहाँ त्यतिधेरै संख्यामा एन्टीबडी पाइएको हो । योसंगै फेरि एकपटक हर्ड इम्युनिटी (झुण्ड प्रतिरक्षा) लाई लिएर बहस सुरु भएको छ । यो महामारीको यस्तो चरण हो जब भाइरस समुदायमा फैलिन सुरु हुन्छ ।

यसबाट गम्भीर प्रश्न खडा भएको छ कि भारतमा समुदाय स्तरमा कोरोना फैलिएकै हो त रु के मानिसमा हर्ड इम्युनिटी आउन सुरु भएकै हो रु यसको फाइदा के हो र कहिलेसम्म आउँछ ?
अल इन्डिया इन्स्टीच्युट अफ मेडिकल साइन्स एम्स अन्तर्गत रुमेटोलोजी डिपार्टमेन्ट एचओडी डाक्टर उमा कुमारका अनुसार समुदाय संक्रमण निकै अगाडि बढिसकेको छ ।

Inside Article Ads

केही स्थानमा समुदायमा संक्रमण फैलिसकेको छ भने केहीमा फैलिएको छैन । उनका अनुसार देशको ६० देखि ७० प्रतिशत जनसंख्यामा कोरोना भाइरस विरुद्ध इम्युनिटी विकसित भयो भने संक्रमण फैलिने चक्र टुक्रिने छ । यदि यस्तो भयो भने यो भाइरस नियन्त्रणमा आउने छ । एक दुई वटा केस मात्र भेटिने छन् ।

के हो हर्ड इम्युनिटी
हर्ड–झुण्ड अर्थात् समूह । इम्युनिटी–प्रतिरक्षा, रोग प्रतिरोधक क्षमता । जब कोरोना भाइरस विरुद्ध धेरै मानिसमा प्रतिरोधात्मक क्षमता विकसित हुन्छ तब हर्ड इम्युनिटी आउँछ ।
हर्ड इम्युनिटीले भाइरसको चेनलाई टुक्रयाउँछ । यसबाट भाइरस फैलिने रफ्तार कम हुनेछ ।
हर्ड इम्युनिटी आएपछि ती मानिस पनि बच्छन् जसको इम्युनिटी पावर कमजोर छ । यही प्रक्रियालाई हर्ड इफेक्ट भनिन्छ ।
डाक्टर उमाका अनुसार यदि ६० देखि ७० प्रतिशत जनसंख्यामा हर्ड इम्युनिटी आयो भने बाँकी ३० देखि ४० प्रतिशत जनसंख्या बच्नेछ । किनकि चेन ब्रेक भएपछि यस्ता मानिसमा हर्ड इफेक्टबाट फाइदा पुग्नेछ ।
यो भ्याक्सिन लगाउने र एन्टीबडी बनेपछि भाइरसको चेन ब्रेक हुने गर्छ ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.