Fast Nepal News

सफल किसानका कथा ओझेलमा पार्न नदिनुहोस् : प्रधानमन्त्री ओली

banner single news

प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको रत्ननगर नगरपालिका–१५ माधवपुरका कृषक चेतप्रसाद ढकालको गाई पालन व्यवसायबाट प्राप्त सफलताको चर्चा गर्दै यस्ता सकारात्मक उदाहरणलाई प्रचारप्रसार गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
आज बिहान फेसबुकमार्फत सन्देश सार्वजनिक गर्दै हाल सामाजिक सञ्जालमा नकारात्मकता फैलाउने भिडियो, मीम र पोष्टरहरूप्रति चिन्ता व्यक्त गर्दै उनले यस्ता सामग्रीहरूले प्रेरणादायी कथाहरूलाई ओझेलमा पार्ने खतरा रहेको बताएका हुन् ।
फेसबुकमा ‘शुभ बिहानी’ भन्दै सुरु गरिएको सन्देशमा प्रधानमन्त्री ओलीले चेतप्रसाद ढकालले १६० वटा गाई पालेर दैनिक ८०० देखि १,४०० लिटरसम्म दूध बिक्री गर्दै आएका छन् । ढकालसहित १४ जना किसानलाई असार १० गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सम्मान गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस्ता उदाहरणहरु राष्ट्रका लागि प्रेरणाको स्रोत हुने बताएका छन् ।
प्रधानमन्त्रीले हाल सामाजिक सञ्जालमा नकारात्मकता फैलाउने भिडियो, मीम र पोष्टरहरूप्रति चिन्ता व्यक्त गर्दै यस्ता सामग्रीहरूले प्रेरणादायी कथाहरूलाई ओझेलमा पार्ने खतरा रहेको बताएका छन् । ‘हामी जे सुन्छौं, हेर्छौं र गर्छौं – आफू पनि त्यस्तै हुँदै जान्छौं ।’ ओलीले सकारात्मक सन्देश फैलाउन आग्रह गरेका छन् ।
चेतप्रसाद ढकाललाई बधाई दिँदै प्रधानमन्त्री ओलीले सबैको जय होस् भन्ने शुभकामनासहित सकारात्मक सोच र कार्यको समर्थन गर्न आमजनसमक्ष अपील गरेका छन् ।

Inside Article Ads
Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.