Fast Nepal News

राइनासमा १० दिने मादल बजाउने तालिम सुरु: संस्कृति संरक्षणमा सहयोग पुग्ने

banner single news

 

लमजुङ, राइनास बिनोद मजाकोटी — राइनास नगरपालिका वडा नं. ८, तार्कुघाटमा महिलाहरूलाई लक्षित गर्दै १० दिने मादल बजाउने तालिम आजबाट सुरु भएको छ। महिलाहरूको सीप विकास, आत्मनिर्भरता प्रवर्द्धन तथा हराउँदै गइरहेको सांस्कृतिक सम्पदाको संरक्षण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।
कार्यक्रमको उद्घाटन समारोहका प्रमुख अतिथि राइनास नगरपालिका शिक्षा, युवा तथा खेलकुद विकास शाखाका उपसचिव पूर्णबहादुर नेपाली रहनुभएको थियो। कार्यक्रममा अध्यक्षता तार्कुघाट सामुदायिक सिकाइ केन्द्रकी अध्यक्ष शर्मिला बोहरा थापाले गर्नुभयो।
तालिमको प्रशिक्षण अनुभवी लोकवाद्य प्रशिक्षक देवेन्द्र गुरुङले प्रदान गर्दै हुनुहुन्छ। गुरुङले विगतदेखि नै लमजुङका विभिन्न स्थानहरूमा मादल सम्बन्धी तालिम दिँदै आउनु भएको छ।
विशिष्ट अतिथि वडा नं. ८ का अध्यक्ष कृष्णबहादुर रानाभाट, शिक्षा शाखाका स्रोत व्यक्ति कुमार न्यौपाने, कालीगण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मानबहादुर भुजेल, सर्वोदय सेवाश्रमका संस्थापक कृष्णराज ओलिया, तथा सिकाइ केन्द्रका पूर्व अध्यक्ष दुर्गाभक्त धमलाको लगाएको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।
तेस्तै कार्यक्रममा स्वागत मन्तव्य सिकाइ केन्द्रकी सञ्चालक समिति सदस्य दिलु गुरुङले राख्नुभयो ।
उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि पूर्णबहादुर नेपालीले महिलाहरूको क्षमता उजागर गर्न र संस्कृति संरक्षणको माध्यमका रूपमा यस्ता तालिमहरू प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। प्रशिक्षक देवेन्द्र गुरुङले तालिमले महिलाहरूको सीप वृद्धि र आयआर्जनको नयाँ ढोका खोल्ने उल्लेख गर्नुभयो।

कार्यक्रम अध्यक्ष शर्मिला बोहरा थापाले युवावर्ग विदेशिने क्रम तीव्र हुँदै जाँदा सांस्कृतिक पहिचान हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै, यस्तो तालिमले लोकसंस्कृतिको संरक्षणमा योगदान पुर्‍याउने बताउनुभयो।

Inside Article Ads

तालिममा सहभागी विष्णुमाया धमलाले मादल जस्तो परम्परागत वाद्ययन्त्र सिक्न पाउनु गर्वको कुरा भएको बताउँदै, आफू निकै उत्साहित रहेको प्रतिक्रिया दिनुभयो।
तालिम मा वडा भित्ररहेका २० समुहको का २० जनाको सहभागिता रहेका छ ।

यस तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउन, लुकेका प्रतिभा उजागर गर्न र सांस्कृतिक सम्पदाको जगेर्ना गर्न महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकहरूको विश्वास छ।
सो कार्यक्रम सञ्चालन परिचालक मिना धमलाले

Visited 34 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.