Fast Nepal News

गोरखा समाज अन्तराष्ट्रीय समन्वय परिषदको सचिवमा खनाल र गुरुङ

banner single news

 

किरण खनाल
काठमाडौं, विराट बाबु खनाल र सकुन्तला गुरुङ ग्लोबल गोरखा समाज, अन्तराष्ट्रीय समन्वय परिषदको सचिव चुनिएका छन् । खनाल र गुरुङको नियुक्तीसँगै परिषदको दोस्रो महाधिवेशन सकिएको ३ हप्ता भित्र पदाधिकारी चयन कार्यले पुर्णता पाएको छ । विश्वभर छरिएर रहेका गोरखालीहरुको साझा संस्था ग्लोबल गोरखा समाज, अन्तराष्ट्रीय समन्वय परिषद महाधिवेशन अक्टोबर १७ तारिखका दिन जुम प्रविधिको माध्यमबाट भएको थियो । नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएकोे उक्त महाधिवेशनले युवा व्यवसायी विनय अधिकारीको नेतृत्वमा कार्य समिती चयन गरेको थियो ।

को हुन खनाल

विराट बाबु खनाल गोरखा समाज जापानका सचिव हुन । गोरखा समाज जापानमा रहेर आफुलाई समाज सेवामा खरो उतार्न सफल खनाल अब्बल सामाजिक व्यक्तित्वका रुपमा परिचित छन् । सिंगो नेपाली समुदाय र गोर्खालीको पक्षमा विभिन्न माध्यमबाट आवाज बुलन्द गर्ने, दिन दुखिहरुको सेवामा आफु लाई समर्पित तुल्याउदै आएका खनालको जन्म स्थल गण्डकी गाँउपालिका हो ।

को हुन गुरुङ ?

Inside Article Ads

गोरखा समाज युकेमा आवद्ध एनआरएनए यूकेको सहकोषाध्यक्ष हुन सकुन्तला गुरुङ । कोमल मनकी धनी, दिन दुखिहरुको सेवामा आफुलाई समर्पित गराई रहेकी गुरुङको जन्म थलो सिरानचोक गाँउपालिका हो ।

सचिवसँगै गुरुङलाई महिला विभागको जिम्मेवारी पनि दिईएको छ । साथै कार्य समितीले सचिव विराट बाबु खनाललाई “आचरण तथा अनुशासन” विभागको संयोजकको ज़िम्मेवारी तोकेको छ ।

नवनियुक्त सचिवद्वय खनाल र गुरुङलाई ग्लोबल गोरखा समाजको तर्फबाट अध्यक्ष विनय अधिकारी, उपाध्यक्ष गोकर्ण ढकाल र कोषाध्यक्ष आकाश बन्जराले वेमिनार मार्फत बधाई दिदै सफल कार्यकालको शुभकामना दिएका छन् ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.