Fast Nepal News

साउदीबाट १८ हजार ४ सय ८२ जना स्वदेश फिर्ता

banner single news

काठमाडाै‌ं, २२ कार्तिक – साउदी अरेबियाबाट कोरोनाले अलपत्र परेका नेपाली स्वदेश फिर्ता हुने संख्या दैनिक बढ्दो  छ। हालसम्म १८  हजार ४  सय ८२  जना स्वदेश फिर्ता भएका छन् भने १ सयभन्दा बढी शव पठाइएको छ। स्वदेश फिर्ताको लागि चार्टड उडान नेपाल एरलाइनस र हिमाल एरलाइनस तथा ट्रान्जिट माध्यमद्वारा  एयर अरेबिया, फ्लाइ दुबइ, अल जजिरा, सलाम एरलाइनसले समेत आफ्नो उडान सुचारू गर्दै आएका छन्।

साउदी  स्थित नेपाली  दुतावास रियादको सहयोगार्थ साउदी सरकारले हालसम्म कम्पनीमा कार्यरत रहँदा अकामा नवीकरण नगरेका  १ हजार २  सय १६  जना नेपालीलाई वहिर्गमन भिषा जारी गरेको छ । दुताबास रियाद र वाणिज्य दुतावास जेद्धाका अनुसार  हालसम्म साउदीमा कार्यरत  ८४ जना  नेपालीको  कोरोना भाइरसबाट मृत्यु भएको छ।

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.