Fast Nepal News

पत्नीलाई अन्तिम विदाइ गरे महराले, काजकिरिया दाङमै गर्ने

पूर्वसभामुख कृष्णबहादुर महराले पत्नी सीतालाई माला ओढाएर अन्तिम विदाइ गरे ।

banner single news

कोरोना पोजेटिभ देखिएकी निमोनियालगायतबाट पीडित पूर्वसभामुख कृष्णबहादुर महराले पत्नी सीताको काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो।

सीताको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ। कात्तिक १४ गते दाङमा उपचार सम्भव नभएपछि हेलिकप्टरमा राखेर सीतालाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो। उपचारकै क्रममा रहँदा उनमा कोरोना संक्रमण पनि पुष्टि भएको थियो।बुधबार पशुपति आर्यघाटमा महराले पत्नीलाई अन्तिम विदाइ गरेका छन्। महरा परिवार काजकिरिया गर्न दाङ जाँदैछन्।

Inside Article Ads

दाङमा छोरा एटमको घरमा काजकिरिया गर्ने तयारी उनीहरूको रहेकाे पारिवारिक स्राेतले जनाएकाे छ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.