Fast Nepal News

लिड्सद्वारा भिल्लाको अपराजित यात्रामा पूर्णविराम

banner single news

एजेन्सी,   इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाको अपराजित यात्रामा पूर्ण विराम लागेको छ । गएराति सम्पन्न खेलमा भिल्लालाई उसकै मैदानमा लिड्स युनाइडेटले ३-० ले पराजित गरेको हो ।

लिड्सको जितमा बामफोर्ड नायक भए । उनले खेलमा ह्याट्रिक गरेका थिए । बामफोर्डले दोस्रो हाफको ५५, ६७ र ७४ औं मिनेटमा गोल गरेका थिए ।

यसअघि भिल्लाले लगातार पाँच जित हासिल गरेको थियो । हारका बाबजुद भिल्ला लिगको दोस्रो स्थानमा कायमै छ । लिड्स १० अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ ।

Inside Article Ads

लिगमा अहिलेसम्म इभर्टन मात्र अपराजित रहेको छ । पहिलो स्थानमा रहेको इभर्टनको १३ अंक रहेको छ ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.