Fast Nepal News

सहकारीले दियो एकल पुरुष र महिलालाई भत्ता

banner single news

काठमाडौं, कात्तिक ६ – एउटा सहकारीले एकल महिला र पुरुष दुवैलाई सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत भत्ता वितरण गरेको छ ।

विर्तामोडमा प्रधान कार्यालय रहेको सहारा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सदस्य रहेका ५८ वर्ष नाघेका एकल पुरुष र सबै उमेरका एकल महिलालाई भत्ता दिएको हो ।

संस्थाका अनुगमन अधिकृत घनश्याम रायाका अनुसार ५८ वर्ष नाघेका एकल पुरुषलाई वार्षिक रु छ हजार र एकल महिलालाई वार्षिक रु आठ हजारका दरले भत्ता दिइएको छ । ५१० एकल महिला र छ एकल पुरुषले भत्ता पाएका छन् । यसवर्ष दशैँको मुखमा चाडवाड मनाउन सहज होस् भनेर वार्षिक हिसाबले भत्ता वितरण गरेको संस्थाका सचिव महेन्द्र गिरीले बताउनुभयो ।

Inside Article Ads

यसवर्ष रु ४० लाख ८० हजार सामाजिक सुरक्षा भत्ता घरघरै पुगेर वितरण गरिएको गिरीले जानकारी दिए ।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.