Fast Nepal News

वडाध्यक्षको सकृयतामा २ सय ५० घर परिवारलाई राहत वितरण

banner single news

 

ललितपुर, ०६ कार्तिक – गोदावरी नगरपालिका १३ का वडाध्यक्ष भाष्कर थापाको सकृयतामा वडा स्थित २ सय ५० घर परिवारलाई राहत वितरण गरिएको छ । विहिवार वडा स्थित दुई स्थानबाट राहत स्वरुप प्रति परिवार चामल एक बोरा, तेल एक पाकेट, नुन एक प्याकेट, चिउरा एक किलो, दाल एक केजी र साबुन वितरण गरियो । गोदावरी नगरपालिका १३ नम्बर वडाको समन्वय तथा शिवम डेभलपर्स र एभरेस्ट पस्मिनाको सहयोगमा सो राहत वितरण गरिएको हो । उक्त राहत सामाग्री वडाध्यक्ष भाष्कर थापाले वितरण गरेका थिए । राहत वितरण पूर्व घरदैलो गरेर नामावली संकलन गरिएको थियो । कोही पनि भोकै बस्न नपरोस् भन्ने उदेश्यका साथ चाडबाडलाई लक्षित गरि खाद्य सामाग्री वितरण गरेको वडाध्यक्ष थापाले बताए ।

राहत वितरण स्थलबाटै स्थानियहरुलाई निशुल्क मास्क वितरण गरिएको थियो । यस अघि सोही कार्यक्रम माझ स्थानिय युवा उद्धव थापाले वडाध्यक्ष थापालाई एक हजार पिस माक्स हस्तान्तरण गरेका थिए ।

Inside Article Ads

सामाजिक दुरी कायम राखी राहत वितरण गरिएको थियो ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.