Fast Nepal News

ग्लोरी मिडियाको प्रकाशन खेल जीत मनोविज्ञान सार्वजनिक

banner single news

काठमाडौं, ०३ कार्तिक- ग्लोरी मिडियाद्वारा प्रकाशित पुस्तक खेल जीत मनोविज्ञान विमोचन गरिएको छ । डि एन घिसिङको लेखन तथा सरोज ओझाको भाषा सम्पादन रहेको उक्त पुस्तक सोमबार युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले विमोचन गरेका हुन । राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रम माझ पुस्तकको विमोचन गर्दै मन्त्री विश्वकर्माले उक्त पुस्तकले नेपालको खेल क्षेत्रलाई ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।मन्त्री विश्वकर्माले आधुनिक खेलकुदमा मनोविज्ञान सम्बन्धी ज्ञानको बढदो आवश्यकता महशुश गरिएको परिप्रेक्ष्यमा खेल जीत मनोविज्ञान पुस्तकले समाजलाई गतिशिल बनाउने धारणा राखे ।
पुस्तकका लेखक डिएन घिसिङले खेल क्षेत्रमा मनोविज्ञानको प्रभाव उच्च रहने बताउदै यसको उचित प्रयोगले खेलाडीलाई प्रतिस्पर्धामा जीत हासिल गर्न सघाउँ पुग्ने दाबी गर्दै खेल जीत मनोविज्ञान पुस्तकले नेपालको खेल क्षेत्रलाई अघि बढाउनेमा आफु आशावादी रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईराला, सदस्य सचिव रमेश सिलवाल लगायतको उपस्थिती रहेको थियो ।

Inside Article Ads

उक्त पुस्तकले खेलकुदसँगसंगै स्वास्थ्य र शिक्षाका लागि पनि महत्वपूर्ण योगदान पुग्ने दाबी पेश गर्दै पुस्तकको सारलाई अंगिकार गर्न सकेको खण्डमा हर खेलाडी सफल बन्ने पुस्तकका भाषा सम्पादक तथा प्रकाशक संस्था ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले बताएका छन् ।

Visited 21 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.