Fast Nepal News

दसैंमा गाउँमा संकट वढ्ने खतरा

तीन लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान

banner single news

१७ असोज, काठमाडौं ।
अाजभाेली गाउँमा समेत संक्रमण देखिन थालेपछि दशैमा जाेखिम वढ्ने खतरा वढेकाे छ। यही अवस्थाका बीच नेपालीको महान् चाड दसैं नजिकिँदै गर्दा उपत्यका छाडेर गाउँ जानेको संख्या पनि बढ्न थालेको छ । यसरी उपत्यकाका छाड्ने अधिकांश व्यक्तिको पीसीआर परीक्षण भएको छैन । सरकारले आधा संख्यामा मात्र यात्रु बोक्नु भए पनि पूर्णरुपमा कार्यान्वय भएको छैन ।
शुक्रबार उपत्यकामा मात्रै एक हजार ६३८ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । उनीहरुमध्ये एक हजार २८० जना काठमाडौं, एक सय ९६ जना भक्तपुर र एक सय ६३ जना ललितपुरका छन् ।

यसले पहिलो चरणमा भारतबाट सीमावर्ती जिल्ला, दोस्रो चरणमा जिल्लाबाट उपत्यकामा फैलिएको संक्रमण तेस्रो चरणमा पुनः राजधानीबाट गाउँतिर फैलिन सक्ने देखिएको छ ।
तीन लाख मानिसले उपत्यका छाड्ने अनुमान

गृह मन्त्रालय स्रोतका अनुसार अघिल्लो वर्षको दसैंमा ३० लाख एक हजार १५ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए भने १८ लाख ३५ हजार ५ सय ६ जना उपत्यका भित्रिएका थिए । यसरी हेर्दा दसैंको समयमा १२ लाख बढी मानिस उपत्यकाबाट बाहिरिएको देखिन्छ ।

आर्थिक वर्ष ०७५/०७६ को दसैंमा २८ लाख ९१ हजार २ सय ४३ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए भने २१ लाख ८३ हजार ८ सय ९ जना उपत्यका प्रवेश गरेका थिए । यस आधारमा यो वर्ष उपत्यकाबाट ७ लाख मानिस बाहिरिएको देखिन्छ ।

Inside Article Ads

गृह मन्त्रालयद्वारा उपलब्ध विगत ५ वर्षको तथ्यांक केलाउने हो भने दसैंमा उपत्यकाबाट सरदर ११ लाख मानिस उपत्यकाबाट बाहिरिने गरेको देखिन्छ । त्यसआधारमा गृहले गरेको विश्लेषण अनुसार यो वर्ष दसैंमा कम्तिमा तीन लाख मानिस उपत्यकाबाट बाहिर जाने देखिन्छ । किनकि, ८ लाख मानिस लकडाउनकै समयमा घरतिर फर्किएको तथ्यांक छ ।

विज्ञ भन्छन्– संकट गाउँ नजाओस्

वर्षमा एक पटक आउने चाड भएकाले दसैंमा घर जानै निषेध गर्न पनि नसकिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल बताउँछन् । तर, आफैंले संकट आइलाग्न सक्ने अवस्थालाई बुझेर स्वास्थ्य सावधानी अपनाउनुपर्ने उनको सुझाव छ ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.