असाेज। सिन्धुपाल्चोक । नेपाली कांग्रेसका युवा नेता ,केन्द्रीय श्रमिक तथा ट्रेड युनियन बिभाग सदस्य भगवान अधिकारीको समन्वयमा करीब १५ लाख बराबरको राहत बितरण भएको छ । सिन्धुपाल्चोकको बारबिसे-७ सखुवामा गत हप्ता गरेको पहिरोबाट बेपत्ता ३१परिवार ,मृतक र पीडितलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यमा बितरण गरिएको हो ।
“कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका नेता अधिकारीका अनुसार , दिन दुखीको साथमा हातेमालो गर्दै ,कोरोना,बाढी पहिरो र असाय बीच पुग्नु आम सामाजिक ब्यक्तिको दायित्व हो ।
बाढी पहिरो ,बेपत्ता र मृतक परिवारको शोकमा समबेदना स्वरुप
८४ परिवारका लागि म्याट्रेस,म्याट ,महिला ,पुरुष ,बालबालिकाका लागि सम्पुर्ण कपडा ,दाल चामललगायत खाध्यान्न बितरण गरेको अधिकारीले जनाए ।
लायन्स मनहरु, आदरणीय सन्तोष सराफ,अमर नाथ सराफ ,उत्तम श्रेष्ठ ,रोज लुइँटेल ,राकेश महतो , सपना शर्मा ,सरस्वती न्यौपानेबजगाई, मुनी महतो ,रमा कोइराला,रिकेश मन्डल लगायतले हृदय बिदारक पहिरोले बेपत्ता र मृत्यु भएका परिवारमा सहयोग उपलब्ध गराएको हो । स्थानीय नेता इन्द्र केसी र विद्यार्थी नेता सुरज तिमल्सिनाले घटनास्थलमा खटेर राहत सामग्री बितरण गरेका छन् ।
३० भाद्र २०८१, आईतवार
सिन्धुपाल्चोक बाढी पीडितलाई राहत बितरणमा यूवा सहभागिता
भगवान अधिकारीको समन्वयमा करीब १५ लाख बराबरको राहत बितरण भएको छ
Visited 5 times, 1 visit(s) today
यो पनि पढ्नुस