भदौ, काठमाडौं । बुधबार नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले भनेका छन्, ‘शंकास्पद मृत्युको सन्दर्भमा शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउने, नजिकको सम्पर्कमा आएका सबै अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्ने, तर शंकास्पद मृत्यु भएको व्यक्तिको कोभिड–१९ परीक्षण नगर्ने नगराउने निर्णय गरेको छ ।केहि स्वास्थ्य िवदले यसाे पनि भनेका छन्‘एउटा शंकास्पद मृत्युको परीक्षण नगर्नु भनेको अरु धेरै केसहरुलाई नजरअन्दाज गर्नु हो ।’।’
मृत्यु भएका व्यक्तिको पीसीआर परीक्षण गर्दा आफन्तले अव्यवहारिक झमेला व्यहोर्नु परेकाले यो निर्णय गरेको मन्त्रालयको तर्क छ । मन्त्रालयको इन्सिडेण्ट कमाण्ड चिफ डा. गुणराज लोहनी भन्छन्, ‘व्यवहारिक झन्झट हटाउन यो निर्णय गरिएको हो ।’
तर जनस्वास्थ्य विज्ञहरु भने एकपछि अर्को गलत निर्णय गरेर विवादमा फस्दै गएको मन्त्रालयको यो निर्णय पनि जनस्वास्थ्यको हिसाबले गलत भएको बताउँछन् ।
संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीका अनुसार,शंकास्पद व्यक्तिको मृत्यु भएपछि पीसीआर परीक्षण नगर्दा संक्रमण भएको वा नभएको थाहा हुन्न यसले कोरोना संक्रमणका कारण भएको मृत्युको वास्तविक तथ्यांक पनि लुक्छ भने संक्रमित पहिचानमा पनि समस्या हुने
मृत्यु भएपछि परीक्षण नै नगरी शंकास्पद मान्दैमा कन्ट्याक्ट ट्रेसिङ गर्ने र सम्पर्कमा आएकाहरुको परीक्षण गर्ने कुरै भएन ।
शंकास्पद मृत्युको मापदण्ड के हो ? अस्पताल भर्ना भएर मृत्यु भएका धेरैमा केही न केही कोभिडसँग मिल्दो लक्षण देखिन्छ, अस्पतालमा मृत्यु भएका सबैले बिना परीक्षण कोभिडको शव व्यवस्थापन सम्बन्धी मापदण्ड फलो गर्नुपर्ने हो ?’ डा. पुन भन्छन्, ’हरेक मान्छे मर्दा उनीहरुमा कुनै न कुनै संक्रामक रोगको लक्षण हुन्छ, त्यसलाई परीक्षण नगरिकन कोरोना नै भन्ने ?’