Fast Nepal News

पीसीआर परीक्षणका लागि २४ सय रुपैयाँ घट्यो

banner single news

काठमाडौँ, भदौ २८ – सरकारले कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि गरिने पीसीआरको शुल्क घटाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आइतबारबाट लागू हुनेगरी सरकारले पीसीआर परीक्षणको शुल्क दुई हजार रुपैयाँ निर्धारण गरेको हो ।

सुरुमा सरकारले ५५ सय रुपैयाँमा पीसीआर परीक्षण गर्ने निर्णय गरेको थियो । भदौ १४ गते ११ सय रुपैयाँ शुल्क घटाए ४४ सय रुपैयाँ लिएर पीसीआर गर्न पाइने निर्णय गरेको सरकारले आइतबार थप २४ सय रुपैयाँ घटाएको हो ।

Inside Article Ads

पीसीआर परीक्षणको शुल्क २४ सय रुपैयाँ घटेसँगै अब दुई हजार रुपैयाँमा कोरोना परीक्षण हुनेछ । सरकारले सरकारी र निजी सबै प्रयोगशालामा अब दुई हजारभन्दा बढी शुल्क लिन नपाउने गरी निर्णय गरेको प्रवक्ता गौतमले जानकारी दिए ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.