Fast Nepal News

महाजात्राले दोश्रो साता नेपालमा १० करोड १४ लाखको व्यापार

banner single news

चलचित्र महाजात्राले दोश्रो साता अर्थात १४ दिनमा नेपालमा १० करोड १४ लाख रुपैयाँको व्यापार गरेको छ ।

यो चलचित्र शुक्रबारबाट तेश्रो हप्तामा प्रदर्शन भएको छ । तेश्रो सातामा पनि देशका करिब १०० वटा हलमा आफ्नो चलचित्र प्रदर्शन भईरहेको यसका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँले राजधानीलाई बताएका छन् ।
बानियाँका अनुसार गत ९ चैतबाट देशभरका सिनेमा हलमा प्रदर्शन भएको छ । यो चलचित्रले नेपालमा पहिलो साता ६ करोड २४ लाखको व्यापार गरेको छ भने दोश्रो साता ३ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ ।

चलचित्रमा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत हरिवंश आचार्य, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको मुख्य भूमिका छ ।

Inside Article Ads

यसले विदेशमा पनि त्यत्तिकै राम्रो व्यापार गरेको अर्का निर्माता दिपेश खत्री म्याक्सले जनाएका छन् । उनका अनुसार नेपालपछिको दोस्रो ठुलो मार्केट मानिने अष्ट्रेलियामा दुईसातामा ५७ शो प्रदर्शन भएको छ । यस्तै, अमेरिकामा ५० शो, न्युजिल्यान्डमा १२ शो, युरोप अन्तर्गतका देशमा ३५ शो, क्यानडामा १० शो, जापानमा १० शो र दक्षिण कोरियामा १० शो भईसकेको छ ।

यस्तै मध्यपूर्व अन्तर्गतका देशहरू कतार, युनाइटेड अरब इमिरेट्स, बहराइन, ओमान र मलेसियामा नियमित बक्सअफिसमा प्रदर्शन भइरहेको छ । मलेसियामा ६० शो भईसकेको छ भने युनाइटेड अरब इमिरेस्टमा दैनिक २० शो भइरहेको छ । अर्थात् नेपाल झैँ मध्यपूर्वका ठूला सिनेमा चेनहरु भक्स, स्टार, सिने रोयल, सिनेपोलिस, सिनेको र नोभामा चलचित्र चेनमा विदेशी चलचित्र जस्तै महाजात्रा पनि नियमित प्रदर्शन भइरहेको छ ।

 

Visited 33 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.