Fast Nepal News

हलिउडले किन्यो ‘द रेड सुटकेस’को ओटिटी वितरण अधिकार

banner single news

चलचित्र  ‘द रेड सुटकेस’को ओटिटी  वितरण अधिकार र स्याटलाइट हलिउडको चर्चित फिल्म च्यानल होम बक्स अफिस एचबीओ ले किनेको छ।

एचबिओले युरोपका १५ देशमा वितरणका लागि पहिलो पटक नेपाली फिल्मको स्याटलाइट र ओटिटी वितरण अधिकार किनेको हो।

फिल्मका निर्माता रामकृष्ण पोखरेलका अनुसार एचबीओले ओटीटी अधिकार लिएसँगै लगानी सुरक्षित भएको छ।

हलिउडको भेराइटी म्यागेजिनका अनुसार एचबिओले मलेसिया र ब्रुनाइमा यो फिल्मको बिक्री वितरण तथा प्रदर्शनको अधिकार सुराया फिल्मस्लाई बिक्री गरेको छ। एचबीओ अन्तर्गत अल्बानिया, चेक गणतन्त्र, स्लोभाक गणतन्त्र, हंगेरी, पोल्याण्ड, रोमानिया, मोल्डोभा, क्रोएसिया, स्लोभेनिया, सर्बिया, कोसोभो, मोन्टेनेग्रो, बोस्निया(हर्जेगोभिना, म्यासेडोनिया र बुल्गेरियामा फिल्म वितरण हुनेछन्।

Inside Article Ads

निर्माता पोखरेलले उत्तरी अमेरिका र ल्याटिन अमेरिकाको लागि फिल्मको बिक्री वितरण गर्न अन्य वितरक कम्पनीसँग सल्लाह भइरहेको बताएका छन्।

फिडेल देवकोटाको डेब्यू निर्देशनमा बनेको यो फिल्ममा सौगात मल्ल, प्रवीण खतिवडा, सृष्टि श्रेष्ठ, विपिन कार्की लगायतको मुख्य भूमिका रहेको छ। आइसफल प्रडक्सनका लागि शोभा थापाको निर्माण रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन छ। फिल्म नेपालमा भने चैत ३० गते प्रदर्शनमा आउँदैछ।

Visited 45 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.