Fast Nepal News

जनसंख्या भन्दा बढी बैंक खाता

banner single news

काठमाडौं । कुल जनसंख्याको दाँजोमा बैंक तथा वित्तीय संस्थामा बचत÷निक्षेप खाता खोल्नेको संख्या अधिक छ । जनसंख्याको आधारमा बैंकहरूमा रजिस्टर्ड (दर्ता) खाता १ सय ६ दशमलव ५ प्रतिशत रहे पनि अझै सबै नागरिकमा बैंकको पहुँच पुगेको छैन ।

एउटै व्यक्तिले दुई वा त्योभन्दा बढी बैंकमा खाता खोल्ने प्रवृत्तिले कुल जनसंख्याभन्दा खातासंख्या अधिक देखिएको हो । २–३ ओटा बैंकमा खाता खोल्ने तर सबै खातालाई नियमित सञ्चालन नगरेकाले धेरै खाता निष्क्रिय रहेका छन् ।

पछिल्लो जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९९ लाख ७४ हजाार ३ सय ६० रहेको छ । बैंकहरूको कुल रजिस्टर्ड खाता भने ३ करोड १९ लाख १० हजार हाराहारीमा पुगेको छ । तर, साढे ७७ प्रतिशत खाता मात्र सक्रिय छन् । बाँकी साढे २२ प्रतिशत खाता निष्क्रिय रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंकमा निक्षेप खाता खोल्ने अर्थात् रजिस्ट्रेशन गर्ने तर नियमित सञ्चालन नगर्ने निष्क्रिय (डोरमेन्ट) खाताको संख्या चालू आर्थिक वर्ष (आव) को वैशाखसम्ममा ७१ लाख ८१ हजार रहेको छ । २ करोड ४७ लाख २९ हजार खाता सक्रिय रूपमा नियमित सञ्चालनमा छन् ।

लिंगगत आधारमा हेर्दा पुरुषहरूको खाता नियमित सञ्चालनमा बढी देखिएको छ । महिलाहरूको कम छ । हालसम्म कुल सक्रिय खातामध्ये ४५ दशमलव ५४ प्रतिशत अर्थात् १ करोड ४५ लाख ३२ हजार पुरुषको खाता नियमित सञ्चालनमा रहेको छ । कुल सक्रिय खातामध्ये दशमलव ३१ दशमलव ९५ प्रतिशत अर्थात् १ करोड १ लाख ९७ हजार महिलाको खाता नियमित सञ्चालनमा रहेको छ ।

Inside Article Ads

राष्ट्र बैंकको नीतिगत व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाहरूले ३ वर्षसम्म कारोबार नभएका बचत खातालाई निष्क्रिय ९डोरमेन्ट० खातामा राख्नुपर्छ । ६ महीना कारोबार नभएका चल्ती खाता र कल (तुरुन्तै भुक्तानी पाइने) खातालाई निष्क्रियमा राख्ने गरिएको छ ।

निक्षेप खातामा लामो समयसम्म कारोबार भएको छैन तर रकम थुप्रो छ भने बैंकका कर्मचारीले फ्रड गर्न नसकून् भनेर कारोबार गर्न नपाउने गरी डोरमेन्ट भनी लक गरेर राखिने गरेको बैंकरहरू बताउँछन् । खातावाला स्वयम् आए पनि केही डकुमेन्ट बुझाएपछि मात्र खाता सक्रिय हुन्छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालका अनुसार एउटै व्यक्ति वा संस्थाले विशेष कामका लागि विभिन्न बैंकमा खाता खोल्ने तर सबैमा नियमित कारोबार नगर्ने हुँदा यस्ता खाताको संख्या बढेकोे आजकोआर्थिक अभियान दैनिकमा समाचार छ ।

Visited 42 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.