Fast Nepal News

वार्षिक कति आय हुनेले कति तिर्नुपर्छ कर ? (विवरणसहित)

banner single news

काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७८-७९ का लागि (प्राकृतिक व्यक्ति) व्यक्तिगत करको दर सार्वजनिक गरेको छ ।

विभागले आम्दानीको हिसाबले एकल व्यक्ति र दम्पत्तीको लागि करको फरक दर सार्वजनिक गरेको छ । विभागका अनुसार रोजगारीको आयमात्र हुने एकल व्यक्तिका लागि वार्षिक ४ लाखसम्म करयोग्य आयमा एक प्रतिशत र दम्पतीको हकमा वार्षिक ४ लाख ५० हजारसम्म करयोग्य आय भएमा एक प्रतिशतका दरले कर तिर्नुपर्छ ।

४ देखि ५ लाखसम्म करयोग्य आय भएमा एकल व्यक्तिले न्यूनतम ४ हजारका अतिरिक्त ४ लाखदेखि ५ लाखसम्मको रकममा १० प्रतिशतका दरले कर तिर्नुपर्छ ।

दम्पतीको हकमा ४ लाख ५० हजारदेखि ५ लाख ५० हजारसम्म करयोग्य आय भएमा न्यूनतम ४ हजार ५०० का अतिरिक्त ४ लाख ५० हजारदेखि ५ लाख ५० हजारसम्म १० प्रतिशतका दरले कर तिर्नुपर्छ ।

५ लाखदेखि ७ लाखसम्म करयोग्य आय भएमा एकल व्यक्तिले न्यूनतम १४ हजारका अतिरिक्त ५ लाखदेखि ७ लाखसम्म २० प्रतिशतका दरले कर तिर्नुपर्छ । दम्पतीको हकमा ५ लाख ५० हजारदेखि ७ लाख ५० हजारसम्म करयोग्य आय भएमा न्यूनतम १४ हजार पाँचसयका अतिरिक्त ५ लाख ५० हजारदेखि ७ लाख ५० हजारसम्मको रकममा २० प्रतिशत कर तिर्नुपर्छ ।

Inside Article Ads

७ लाखदेखि २० लाखसम्म करयोग्य आय भएमा एकल व्यक्तिले न्यूनतम ५४ हजारका अतिरिक्त ७ देखि २० लाखसम्म ३० प्रतिशत कर तिर्नुपर्नेछ भने दम्पतीको हकमा ७ लाख ५० हजारभन्दा माथि २० लाखसम्म करयोग्य आय भएमा न्यूनतम ५४ हजार ५०० का अतिरिक्त ७ लाख ५० हजारदेखि २० लाखसम्म ३० प्रतिशत कर तिर्नुपर्छ ।

२० लाखभन्दा बढी करयोग्य आय भएमा एकल व्यक्तिको हकमा वार्षिक ४ लाख ४४ हजारका अतिरिक्त २० लाखभन्दा बढी रकममा ३६ प्रतिशतका दरले कर तिर्नुपर्नेछ । दम्पतीको हकमा २० लाखभन्दा बढी करयोग्य आय भएमा न्यूनतम ४ लाख २९ हजार ५०० का अतिरिक्त २० लाखभन्दा बढी रकममा ३६ प्रतिशतका दरले कर तिर्नुपर्ने विभागले जनाएको छ ।

 

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.