Fast Nepal News

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले सामरीटन ट्रष्ट, लाई एकलाख स्वास्थ्य सामाग्रीको लागि सहयोग

banner single news

काठमाडौं ।कोरोनाभाइरस(कोभिड–१९) को संक्रमणकाे जोखिमलाई मध्यनजर गर्दै साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वास्थ्य सामाग्रीसाधना लघुवित्त वित्तीय संस्था लिमिटेडले सामरीटन ट्रष्ट, लाई एकलाख स्वास्थ्य सामाग्रीको लागि सहयोगको लागि सहयोग गरेको छ ।

गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले सामरीटन ट्रष्ट, काठमाडौंलाई एकलाख स्वास्थ्य सामाग्री खरिदका लागि सहयोग गरेको हो ।

स्वास्थ्य सामाग्री अति विपन्न, असहाय, अपाङ्ता र मजदुरका परिवारलाई केन्द्रीत गर्दै सामरीटन ट्रष्टले सेनिटाइजर, माक्स, ग्लाृवस, साबुन र फेस सिल्ड निशुल्क वितरणको लागि सहयोग अपिल गरेकोले आर्थिक सहयोग गरेको साधना लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।

Inside Article Ads

वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै गरिएको यस सानो सहयोगले लक्षित समूदायको मनोवलमा थप योगदान पुग्ने विश्वास लिएको छ । वित्तीय संस्थाले यस अघि पनि विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आइरहेको र आगामी दिनमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.