
काठमाडौं – चैत २०
काठमाडौं, नेपाली बजारमा सुनको मुल्य आज ९ सयले बढेको छ । शुक्रबार सुन तोेलामा ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ९ सय रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ८६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ । बिहीबार तेजाबी सुन प्रतितोला ८६ हजार ५० रुपैयाँमा खरिद बिक्रि भएको थियो ।
चाँदीको मुल्य पनि बढेको छ । आज ३० रुपैयाँले बढेर प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
