Fast Nepal News

सुनको मूल्य तोलामा पाँच सयले बढ्यो

banner single news

काठमाडौं, १९ फागुन-नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ । मंगलबार सुनको मूल्य तोलामा ८७ हजारमा कारोबार भएकोमा आज तोलामा पाँच सयले बढेको हो । मंगलबार सुनको मूल्य तोलामा १७ सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८७ हजार पाँच सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ८७ हजार ५० सय कायम गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदीको मूल्य तोलामा १२९० मा कारोबार भएकोमा आज बढेर तोलामा १३१५ कायम भएको महासंघले जनाएको छ ।

Inside Article Ads
Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.