Fast Nepal News

नेप्से करेक्सनमा कारोबारमा भने नयाँ कीर्तिमान

banner single news

काठमाडौं,माघ १६- साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १६ अंकले घटेर २ हजार ४ सय २५ बिन्दुमा आइपुगेको छ । नेप्से यससँगै दुईपटक २ हजार ४ सय ४० आसपासबाट घट्न लागेको देखिन्छ । नेप्से सूचकांक घटे पनि कारोबार रकममा भने नयाँ रेकर्ड कायम भएको छ । बिहीबार बजारमा एकै दिन ९ अर्ब ८९ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा करिब २३ प्रतिशतको वृद्धि हो । यो साता सबै दिन ७ अर्ब रुपैयाँभन्दा माथिको कारोबार हुन थालेको हो । यसअघि गत आइतबार सबैभन्दा धेरै ९ अर्ब ३७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । कारोबारमा आएका निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन र लघुवित्त कम्पनी समूहगत परिसूचक मात्रै बढेको छ । निर्जीवन बिमा कम्पनीको समूह सबैभन्दा धेरै ३ दशमलव ३८ प्रतिशतले वृद्धि भएको छ ।

घट्नेमा बैंकिङ समूहगत परिसूचक सबैभन्दा अगाडि छ । वाणिज्य बैंकहरूको नाफा ६ प्रतिशतले घटेको र सञ्चालनमा रहेकामध्ये १७ वटाको नाफा घटेको वित्तीय विवरण प्रकाशित भएको छ । यसले पनि यो क्षेत्रमा प्रभाव परेको हुन सक्ने देखिन्छ । बिहीबारको कारोबारमा बैंकिङ समूहमै सबैभन्दा धेरै २ अर्ब ४५ करोडको सेयर किनबेच भएको छ । यस दिन कारोबारमा आएका २ सय ९ धितोपत्र तथा ऋणपत्रमा ८० वटाको मूल्य बढेको र १ सय १६ वटाको मूल्य घटेको हो । ८५ कम्पनीको मूल्य भने ३ प्रतिशतभन्दा कम दरमा घटेको छ ।

Inside Article Ads

सगरमाथा इन्स्योरेन्स, सूर्योदय लघुवित्त, सपोर्ट माइक्रो फाइनान्सलगायतको सेयर मूल्य सबैभन्दा धेरै करिब १० प्रतिशतका दरमा वृद्धि भएको छ । आर्थिक वर्ष ०७४/७५ यता सगरमाथा इन्स्योरेन्सले लाभांश दिएको छैन । गत आर्थिक वर्षमा ३५ करोड नाफा कमाएको कम्पनीले लाभांश घोषणा र वार्षिक साधारणसभा दुवैको घोषणा गरेको छैन । सिद्धार्थ इक्विटी फन्ड, हिमालयन पावर पार्टनरलगायतको मूल्य उच्चदरमा घटेको छ ।

नेपाल लाइफ, हिमालयन डिस्टिलरी, नेपाल पुनर्बिमा कम्पनीको सबैभन्दा धेरै रकमको सेयर किनबेच भएको छ । यी कम्पनीहरूको ३२ करोडदेखि ५७ करोड रुपैयाँसम्मको कारोबार भएको छ ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.