Fast Nepal News

नीतिगत अस्पष्टतामा महँगो धातु

banner single news

काठमाडौं – माघ ४

काठमाडौं, महँगो धातुका रूपमा रहँदै आएको पहेँलो धातुप्रति सबैको आकर्षण छ । सुखको गहना, दुःखको खजनाको सुनमा सदियौँदेखि आकर्षण छ । कारोबारको अवस्था पनि त्यस्तै पुरानो छ । जन्मदेखि मृत्यु पर्यान्तका संस्कार, तथा विभिन्न कला, संस्कृति र परम्परा र चाडपर्वमा यो धातुको विशेष महत्व बेग्लै छ ।
पछिल्लो समय यसको महत्व यी क्षेत्रमा मात्र पनि सीमित छैन ।

विश्व बजारमा गहनाको आकर्षण बढ्दा निर्यातको सम्भावना पनि बढ्दो छ । नेपाली व्यवसायीले सुनका सामग्री बनाएर निर्यात गर्न सके ठूलो मात्रामा व्यापार घाटा कम गर्न सकिने दाबी गर्दै आएका छन् ।

Inside Article Ads

हाल नेपालभित्र नै वार्षिक ५० अर्ब रुपियाँभन्दा बढीको सुनको कारोबार हुँदै आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पदाधिकारी बताउँछन् । त्यस्तै विदेशमा छरिएका नेपालीलाई मात्र लक्षित गर्दा पनि दुई अर्ब डलरको निकासीको सम्भावना रहेको आकलन व्यवसायीको छ ।

त्यसका लागि आवश्यक कच्चा पदार्थको पर्याप्त नभएको भन्दै आवश्यक नीति तर्जुमा गरी बजारलाई पारदर्शी, गुणस्तरीय, व्यवस्थित र अनुशासित बनाउनुपर्ने माग व्यवसायीको छ । लामो समयदेखि यस्तो माग रहे पनि सरकारले सुनुवाइ नगरेको व्यवसायीको आरोप छ । गोरखापत्र दैनिकबाट

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.