Fast Nepal News

पहिलो घण्टामा ५३.२८ अंकले घट्यो नेप्से

banner single news

काठमाडौं, पुस ५ – साताको पहिलो कारोबारको दिन आइतवार नेप्से कारोबार भएको पहिलो घण्टामा ५३ दशमलव २८ अंकले घटेको छ । २ हजार ०४६ दशमलव ५७ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा २ दशमलव ६२ प्रतिशतले घटेर १ हजार ९७९ दशमलव २३ विन्दुमा पुगेको छ ।

पहिलो घण्टाको अवधिमा १८२ ओटा कम्पनीको रू. २ अर्ब २७ करोड ५६ लाख बराबरको ३० लाख ७० हजार १३० कित्ता शेयरको खरीदविक्री भएको छ । उक्त कारोबार १८ हजार ५०२ पटकको व्यापारमा भएको हो ।

यस अवधिमा कारोबारमा आएका ११ ओटा समूहको परिसूचकमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव ७५ प्रतिशतले बढेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, अन्य, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ ।

Inside Article Ads

कारोबारको पहिलो घण्टामा हिमालयन डिष्टिलरीको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले वृद्धि भएर प्रतिकित्ता शेयरमूल्य रू. ४ हजार ८४० कायम भएको छ ।

यस अवधिसम्म नेपाल नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ३८ करोड बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार १४९ मा कारोबार भइरहेको छ ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.