Fast Nepal News

सुनको मूल्यमा सामान्य गिरावट

banner single news

काठमाडौं, २९ मंसिर – नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट भएको छ । आइतबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९१ हजार ९५० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि घटेको छ ।

आइतबार तोलामा १२१० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर तोलामा १२०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि गएको बिहीबारदेखि आइतबारसम्म सुन र चाँदीको मूल्य स्थिर रहेको थियो ।

Inside Article Ads

अहिले बिहेको सिजन चलिरहेकाले सुनको व्यापार पनि बढिरहेको व्यवसायीहरुको भनाइ रहेको छ ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.