Fast Nepal News

युनाइटेड इन्स्योरेन्सको नाफा १०८ प्रतिशतले बढ्यो

banner single news

काठमाडौं, भदौ १ – युनाइटेड इन्स्योरेन्स लिले आर्थिक वर्ष २०७६/७७ मा १०८ प्रतिशतले नाफा बढाएको छ । कम्पनीले २ करोड २९ लाखले नाफा बढेर चार करोड ४१ लाख पुगेको हो । कम्पनीले आव २०७५।७६ मा २ करोड १२ लाख रुपैयाँ नाफा गरेको थियो ।

युनाइटेडले बीमा शुल्क पनि १७ करोडले बढाएर ६५ करोड पुर्याएको छ । अघिल्लो आव ३०७५/७६ मा ४८ करोड बीमा शुल्क आर्जन गरेको कम्पनीले ८.०१ प्रतिशतले बढाएर ६५ करोड पुर्याएको हो । चुक्ता पुँजी एक अर्ब २ करोड रहेको युनाइटेडको जगेडा कोषमा ३० करोड रुपैयाँ छ ।

Inside Article Ads

कम्पनीले गत वर्ष ९० हजार ७ सय ९३ वटा बीमालेख जारी गरेको थियो । जसमध्ये नविकरण भएको बीमा लेखको संख्या ५ हजार ६ सय ९४ वटा छ । कम्पनीले दुई हजार ४२ वटा दावी वापत ४३ करोड ४ लाख २८ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.