Fast Nepal News

एकैदिन सुनको मूल्य तोलामा १५०० ले बढ्यो

banner single news

काठमाडौं, मंसिर २३ – मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ । अघिल्लो दिनको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा १५०० रुपैयाँले बढेको हो । सोमबार सुन तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार तेजावी सुन तोलामा ९३ हजार ६५० रुपैयाँमा कारोबार भएको छ ।
सोमबार तोलामा १२०५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा १२३५ रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.