Fast Nepal News

सुनको मूल्य ओरालो लाग्यो

banner single news

काठमाडौं,१४ मंसिर । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोवार भएको छ। शुक्रबार छापावाला सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो।

यस्तै तेजाबी सुन आज प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोवार भएको छ। शुक्रबार तेजाबी सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोवार भएको थियो। यस्तै चाँदी आज प्रतितोला एक हजार १५० रुपैयाँमा कारोवार भएको छ।

Inside Article Ads

शुक्रबार चाँदी प्रतितोला एक हजार १ सय ६५ रुपैयाँमा कारोवार भएको थियो। शुक्रबारका तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.