Fast Nepal News

सुनको भाउ ओरालो लाग्यो

banner single news

काठमाडौँ,१० मंसिर । स्थानीय बजारमा आज पनि सुनको भाउ ओरालो लागेको छ। कोरोना भाइरसविरुद्धको खोपले क्रमशः सफलता हासिल गरेको समाचार अन्तरराष्ट्रिय रुपमा नै सार्वजनिक भएपछि विश्वव्यापी रुपमा नै सुनको भाउ क्रमशः ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले घटेको छ। महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कायम भएको छ। मङ्गलबार प्रतितोला ९२ हजार ५०० मा कारोवार भएको छापावाला सुन आज १ हजार रुपैयाँले घटेको हो।

यस्तै मङ्गलबार प्रतितोला ९२ हजार रुपैयँँमा कारोबार भएको तेजाबी सुन पनि आज प्रतितोला १ हजार रुपैयाँले ओरालो लागेर ९१ हजार रुपैयाँमा कायम भएको छ।

Inside Article Ads

यस्तै चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको छ। मङ्गलबार प्रतितोला एक हजार १८० रुपैयाँमा कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार १७५ रुपैयाँमा कारोवार भएको छ। केही समय पहिले सुनको भाउ प्रतितोला एक लाख दुई हजार रुपैयाँसम्म पुगेको थियो।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.