Fast Nepal News

आत्मनिर्भर लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

banner single news

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको साधारण सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । आवेदनकर्ताले आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्ने छ ।

कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । २ करोड ३ लाख ३८ हजार रुपैयाँको २ लाख ३ हजार ३८० कित्ता सेयर आईपीओ निष्कासन गरेको थियो ।२० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेर ३ हजार ११७ कित्ता सेयर कर्मचारी, १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि राखेर बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरमा सर्वसाधारणका लागि निष्कासन गरेको छ ।

Inside Article Ads
Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.