Fast Nepal News

७ अंकले घट्यो नेप्से, पौने ४ अर्बको कारोबार

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, बिहीबार परिसूचक ७.१३ अंकले घटेर २१७०.२१ विन्दुमा कारोबार बन्द भएको छ 

banner single news

२५ माघ, काठमाडौँ– साताको चौथो दिन बुधबार सेयर बजार घटेको छ । यस दिन पुँजी बजार मापक नेप्से परिसूचक ७ अंकभन्दा बढीले घटेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, बिहीबार परिसूचक ७.१३ अंकले घटेर २१७०.२१ विन्दुमा कारोबार बन्द भएको छ ।

बुधबार ०.३३ प्रतिशतले घटेको सेयर बजारमा १ करोड ५ लाख २ हजार ६४९ कित्ता सेयर किनबेच भएको छ । जसबाट ३ अर्ब ६९ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

मंगलबार करिब ७७ अंकले बढेको सेयर बजारमा बुधबार भने लगानीकर्ताले नाफा बुक गर्ने ध्याउन्नमा लागेको देखियो ।

आजको कारोबारमा १४२ कम्पनीका सेयर मूल्य घटेको छ भने ६७ कम्पनीका सेयर मूल्य बढेको छ । ७ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन नभएको नेप्सेले जानकारी दिएको छ ।

Inside Article Ads

सेयर बजार घटे पनि तेह्रथुम पावर कम्पनी, धवलागिरी लघुवित्त वित्तिय संस्था र राधी विद्युत् कम्पनीले भने नाफा कमाएका छन् ।

यस्तै, एउटा कम्पनीको सेयर मूल्य भने ५ प्रतिशतको हाराहारीमा घटेको छ । नेप्सेका अनुसार, आदर्श लघुवित्त वित्तिय संस्थाको ५.१४ प्रतिशतले मूल्य घटेको हो ।

आज नेपाल रिइन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको ११ करोड २८ लाख ६७ हजार रुपैँया बराबरको सेयर कारोबार भएको छ ।

Visited 31 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.