Fast Nepal News

नेप्से परिसूचक २२.१२ अंकले घटयो

banner single news

१९ माघ, काठमाडौँ- साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक २२.१२ अंकले घटेको छ। यस दिन नेप्से १.०४ प्रतिशतले घटेर २०९४.५४ बिन्दुमा बन्द भएको छ। बिहीबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन अर्थात् बुधबार १ अर्ब ७६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज २ अर्ब ९ करोड ६४ लाख १९ हजार १६१ रुपैयाँ पुगेको छ। यस दिन २५७ वटा धितोपत्रको ५८ लाख ९८ हजार ९०३ कित्ता सेयर किनबेच भएको हो। बिहीबार आदर्शको सेयर मूल्य १० प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ९२८ रुपैयाँ ९० पैसा पुगेको छ। यस्तै, सानिमा इक्विटी फण्डको इकाइ मूल्य ३.१७ प्रतिशतले बढेर प्रति इकाइ मूल्य ११ रुपैयाँ ५ पैसा पुगेको छ। यस दिन सर्वाधिक मूल्य घट्नेमा सपोर्ट माइक्रोफाइनान्स रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ५.८० प्रतिशतले घटेर प्रति कित्ता मूल्य १ हजार १५४ रुपैयाँ कायम भएको छ। यस्तै, सिद्धार्थ इन्स्योरेन्सको सेयर मूल्य ५.२९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ६४४ रुपैयाँमा झरेको छ।

Inside Article Ads

बिहीबार सर्वाधिक सेयर खरिद–बिक्री स्ट्याण्डर्ड चार्टर्ड बैंकको भएको छ। यस दिन उक्त कम्पनीको ५१२ रुपैयाँमा १० करोड १३ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एनआइसी एशिया बैंक रहेकोे छ। उक्त कम्पनीको ८१० रुपैयाँ ४० पैसामा ५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो। यस दिन जीवन बीमा समूहको परिसूचक सर्वाधिक २.१७ प्रतिशतले घटेको छ भने जलविद्युत समूहको परिसूचक २.०६ प्रतिशतले घटेको हो।

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.