
१७ माघ,काठमाडौँ– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १५.७० अंकले घटेर २१११.६८ विन्दुमा झरेको छ ।
सेन्सेटिभ इन्डेक्स पनि २.३६ अंकले घटेको छ । सोमबार पनि नेप्से परिसूचक ४१.१६ अंकले घटेको थियो । मंगलबार कारोबार रकम पनि घटेको छ । आज कुल २५९ कम्पनीको ७५ लाख ५३ हजार २३५ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ८२ लाख ४५ हजार रुपैयाँ बराबरको कारोबार रहेको छ ।
Visited 9 times, 1 visit(s) today
