Fast Nepal News

नेप्से परिसूचक आज उच्च अङ्कले घटयो

banner single news
१६ माघ, काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४१ दशमलव शून्य एक अङ्कले ओरालो लागेर दुई हजार एक सय २७ दशमलव ५२ मा सीमित भएको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव ३३ अङ्कले ओरालो लागेर चार सय दुई दशमलव ९८ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहको नै शेयर मूल्यमा गिरावट आएको छ । कारोबार भएका कूल कम्पनीमध्ये नौ कम्पनीको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ ।
त्यस्तै दुई सय चार कम्पनीको शेयर मूल्यमा गिरावट आएको नेप्सेले जनाएको छ । कूल ८८ लाख ३६ हजार चार सय ८८ कित्ता शेयर रू तीन अर्ब ३० करोड २२ लाख एक हजार आठ सय २५ मूल्यमा खरिद बिक्री भएको छ ।
Inside Article Ads
Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.