Fast Nepal News

नेपाली अर्थतन्त्रको खराब स्थिति

banner single news

५ माघ, काठमाडौँ- नेपाली अर्थतन्त्रले इतिहासमै नभोगेको खराब परिस्थिति सामना गर्नु परिरहेको भनेर व्यवसायीले चर्को गुनासो गरिरहेका बेला नयाँ सरकार गठन भएको छ। आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्नुपर्ने बेला पनि हुन थालिसकेको छ ।

माघदेखि अर्थ मन्त्रालयले आगामी वर्षको बजेट बनाउने प्रक्रिया सुरु गर्नेछ । हालैमात्र सार्वजनिक भएका केही तथ्यांकहरुले अर्थतन्त्रका कतिपय सूचक सुधार उन्मुख भएको तथ्य देखाइरहँदा धेरै अर्थशास्त्रीहरु भने अहिले पनि जोखिम उत्तिकै पेचिलो भएको भन्न छोडेको छैनन् । यसले तत्कालै गर्ने र नयाँ बजेटमार्फत अघि सार्ने नीतिहरुबारे अर्थ मन्त्रालयको नेतृत्व भने अन्योलमै देखिएको छ। नयाँ सरकारले नेपाली अर्थतन्त्र जगतको विकासमा कस्तो भूमिका निर्वाह गर्छ त्यो भने हेर्न बाँकी छ।

Inside Article Ads
Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.