
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ । यसअघि, आइतबार छापावाल सुन तोलाको १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४ हजार ७ सय रुपैयाँ निर्धारण भएको सुन–चाँदी व्यवसायी महासंघले बताएको छ । आइतबार, तेजावी सुनको मूल्य तोलाको १ लाख ४ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।
Visited 18 times, 1 visit(s) today
